• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दिलभुषण पाठक विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता, फरार प्रतिवादी कायम

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १७, मंगलवार ०८:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं / पत्रकार दिलभुषण पाठक विरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ । सोम– बार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
    युट्युब च्यानलमार्फत हिल्टन होटेलसहितमा लगानी रहेको भन्दै चरित्रहत्या गरेको जयवीर देउवाले दिएको जाहेरीको आधारमा पाठक विरुद्ध प्रहरीको साइबर ब्युरोमार्फत जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भए पनि सर्वोच्च अदालतको अन्तरिमदिलभुषण पाठक विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता, फरार प्रतिवादी कायम
    आदेशको आधारमा उनी पक्राउबाट जोगिएका थिए ।
    पाठकलाई पक्राउ गरेर अनुसन्धान नगरे पनि प्रहरीले उनलाई फरार प्रतिवादी कायम गर्दै सरकारी वकिल को कार्यालयमा प्रस्तावित राय सुझाव बुझाएपछि त्यसैको आधारमा सोमबार मुद्दा दायर भएको हो ।
    अभियोग पत्र अनुसार पाठकविरुद्ध ‘भिडियोमा काठमाडौँस्थित हिल्टन होटेलमा साहिल अग्रवाल, दीपक भट्टको लगानी रहेको छ, भट्ट मार्फत जयवीर देउवा हिल्टन होटेलमा जोडिएका छन्, निज देउवाको दुबई,अस्ट्रेलिया, रियल स्टेट बिजनेस रहेको छ, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने शब्द प्रयोग गरेर घृणा द्वेष फैलाउने काम गरेको भनेर जाहेरी परेको थियो ।

    जाहेरीको आधारमा प्राविधिक प्रहरी निरीक्षक राजेश सिंहको ‘ पाठकले चलाएको टफ टक विथ दिल भूषण पाठक नामक युट्युब च्यानलमार्फत भिडियो प्रसारण गरेर पीडितको सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पर्ने गरी अफवाह फैलाएर चरित्र हत्या गर्ने लगायतको कार्य गरेको’ प्रहरी प्रतिवेदन आधारमा अनुसन्धान अगाडि बढेको देखिन्छ।

    जाहेरीसँग संलग्न स्क्रिन सट लगायतका कागजात, प्रेस काउन्सिल नेपालको पत्र, नेपाल टेलिकमको कागजात, प्रहरी प्रतिवेदन, प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षक सचिवालय कानुन शाखाको पत्र र मौकामा बुझिएका अम्मर बहादुर रावलले गरेको घटना कागजका आधारमा पाठकले जाहेरीकर्ता विरुद्ध घृणा,द्वेष फैलाएर चरित्रहत्या गर्ने लगायतका कार्य गरेको कसुर विद्धुतिय कारोबार ऐन अन्तर्गतको कसुर गरेको पुष्टि भएको अभियोग पत्रमा दाबी गरिएको छ।

    यसैगरि सो युट्युब च्यानल प्रेस काउन्सिलमा सूचिकृत भएको हो या हैन भन्ने विषयमा काउन्सिलले सूचिकृत नभएको र अनलाइन सञ्चार माध्यम अन्तर्गत रहेर सञ्चालनमा नरहेको पत्रलाई समेत कसुर पुष्टिको प्रमाणको रूपमा अभियोग पत्रमा उल्लेख गरिएको छ।

    अभियोग पत्रमा पाठकलाई फरार प्रतिवादी रहेको उल्लेख गर्दै अदालतबाट कानुन बमोजिम मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार पक्राउ पुर्जीको माग गरिएको छ। प्रमाणको रूपमा पीडितले निवेदन साथ पेस गरेको डिभिडी, स्क्रिनसट र पाठकको खोजतलास सम्बन्धी प्रहरी प्रतिवेदनसहित २२ वटा पत्रहरू मिसिलसँगै पेस गरिएको छ।

     

     

    साभार÷उकेरा

    Post Views: 204
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०८:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.