• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

झापामा मानव-हात्ती द्वन्द्व बढ्दै: डेढ दशकमा ७२ जनाको मृत्यु, २५ हात्ती मरे

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १३, शुक्रबार ११:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    झापा / झापामा विगत डेढ दशकदेखि मानव-हात्ती द्वन्द्वले भयावह रूप लिँदै गएको छ। डिभिजन वन कार्यालय झापाका डा. सुमन भलका अनुसार, विसं २०६७ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ, जसमा सात जना गैर-नेपाली पनि समावेश छन्। सोही अवधिमा ९२ जना घाइते भएका छन

    पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा, झापामा औसतमा बर्सेनि पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका छन्। विसं २०८१ साउनदेखि हालसम्म मात्र पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

    यस द्वन्द्वबाट पीडितहरूलाई सरकारले आर्थिक सहयोग पनि गर्दै आएको छ। आव २०६८/६९ देखि चालु आवको हालसम्म रु ९ करोड ६८ लाख ४७ हजार राहत प्रदान गरिसकिएको छ। हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रु १० लाख, घाइतेलाई अधिकतम रु २ लाख, र चौपाया, अन्नबाली तथा भौतिक संरचना क्षति भएकाको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराइँदै आएको डा. भलले बताए। यद्यपि, जिल्लामा ५२५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा रहेका छन्।

    मानव-हात्ती द्वन्द्वले मानव जीवनमा मात्र नभई हात्तीको सङ्ख्यामा पनि असर पारेको छ। झापामा विसं २०६२ सालयता २५ हात्ती मृत फेला परेका छन्। विगतमा बर्सेनि एक/दुई वटा हात्ती मृत भेटिने गरेकामा केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको छ। विसं २०८० साउनदेखि २०८१ असारसम्ममा चार हात्ती मृत फेला परेका थिए भने चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।

    जिल्लामा मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका छन्। तर, ‘फरेष्ट एक्सन नेपाल’का डा. लिलानाथ शर्मा विद्युतीय तारबारले मात्र मानव-हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउँछन्। उनी भन्छन्, “तारबारले मात्र हात्तीलाई रोक्न/छेक्न सकिँदैन। वनमै सुधार जरुरी छ।”

    शर्माका अनुसार, हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्न सके मावन-हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ। खानाको खोजीमा जङ्गलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मानव-हात्ती द्वन्द्व बढ्दै गएको हो।

    डिभिजन वन कार्यालयका डा. भलले हात्तीले मकै मन पराउने भएकाले पनि मकैखेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको बताए। अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने उनको भनाइ छ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 211
    प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार ११:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.