गुलरिया नगरपालिकाको १४ औ नगरसभाले आ.व २०८२/०८३ को लागि एक अर्ब ५ करोड ३५ लाख १४ हजार ७ सय ३१ रुपियाँ बजेट प्रस्तुत गरेको छ ।
गुलरिया नगरपालिकाको नगर उपप्रमुख सावित्रा गौतमले आगामी वर्षका लागि बजेट असार १० गते मङ्गलवार १४ औँ नगर अधिवेशन मा प्रस्तुत गर्नुभएको थियो ।


बजेटमा गुलरिया नगरपालिका भित्रका हरेक वडाहरुलाई ६० लाख रुपैयाका दरले सिलिङ बनाइएको छ ।
गुलरिया नगरपालिकाले सार्वजनिक गरेको बजेट सहितको नीति तथा कार्यक्रममा कृषिमा स्तर्नोति गर्दै कृषकहरुलाई आत्मनिर्भर गराउदै आम्दानी बढाउँदै युवाहरुलाई स्वरोजगार प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।
साथै आगामी आर्थिक बर्षमा खेलकुदमा मेयरकप क्रिकेट प्रतियोगिताका साथै फुटबल, भलिबल, एथेलेटिक्स खेलहरुलाई समेत प्रोत्साहन गरिने समेत निति तथा कार्यक्रममा रहेको छन् भने पालिका भित्रका सम्भावित पर्यटकिय क्षेत्र पहिचान गरि प्रचार प्रसार गर्ने, नेपाल कै दुर्लभ जनावर कृष्णसार संरक्षण देखि नयाँ पर्यटकिय क्षेत्र पहिचान गरि आन्तरिक र बाह्य पर्यटन गुलरिया नगरपालिका भित्राउनका लागि प्रचार प्रसार गर्ने समेत कार्यक्रम रहेको छ ।
गुलरिया नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा गुलरिया नगरपालिकालाई पूर्ण साक्षारता घोषणा गर्ने, पालिका भित्रका विद्यालयहरुमा हरेक बाडमा एक तिन तारा विद्यालय बनाउने कार्ययोजना र गत बर्ष झै यस बर्षलाई निरन्तरता दिदै कक्षा १ देखि १२ कक्षा सम्म सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था गरिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए ।




