असार ११ गते / गुलरिया नगरपालिकाममा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी महत्वपूर्ण ४ निर्णयहरू भएका छन ।

गुलरिया नगरपालिकाका प्रमुख तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिका संयोजक मुक्तिनाथ यादवको अध्यक्षतामा समिति बैठकले उक्त निर्णयहरु गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रमको समिक्षा गरिएको थियो ।
बैठकले प्रत्येक तीन महिनामा एकपटक नियमित बस्नुका साथै आपतकालीन अवस्थामा आवश्यकतानुसार बस्ने, नगरका १२ वटै वडामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण वडा स्तरीय समिति गठन तथा पुनर्गठन गर्न सम्बन्धित वडामा पत्राचार गर्ने,
माइती नेपाल लगायतका संघसंस्थाहरूले गरिरहेका सिमा निगरानी, रोकथाम र पुर्नस्थापना समेतका क्रियाकलाप हरुको समय समयमा समितिबाट अनुगमन गर्ने निर्णय गरिएको छ ।
गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना, माइती नेपाल गुलरिया बर्दिया तथा फ्रि अ गलको सहयोगमा आयोजित बैठक बसेको थियो ।




