राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर गुलरिया नगरपालिका–८, सुरजपुर निवासी स्थानीय व्यापारी तथा समाजसेवी हिम बहादुर पुनले श्री मिलन कृषी फर्ममार्फत ड्रायगन फलका बोटहरू निःशुल्क वितरण गरेका छन्।


एक विशेष कार्यक्रमका बीच आयोजित उक्त वितरण कार्यक्रममा करिब एक सय भन्दा बढी जनालाई ड्रायगनको बोट उपहारस्वरूप प्रदान गरिएको छ। कार्यक्रममा पार्टीका बर्दिया जिल्ला सभापति विपीन पौडेल, उपसभापति शान्ता बुढाक्षेत्री, सचिव दिपक बिसी लगायतको उपस्थिति रहेको थियो।
नगर सभापति समेत रहेका पुनले यस प्रकारको कार्यक्रमको आयोजना गर्नुको उद्देश्य पार्टीको स्थापना दिवस फरक ढंगले मनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने रहेको बताए। “राजनीति केवल नारामा सीमित हुनुहुँदैन, प्रत्यक्ष सेवा र परिवर्तनमा आधारित हुनुपर्छ,” पुनले भने।
कार्यक्रममा बोल्दै जिल्ला सभापति विपीन पौडेलले समाज रूपान्तरणका लागि यस्ता सशक्त र साहसिक पहलको आवश्यकता रहेको बताए। “राजनीतिमा इमान्दारिता आवश्यक छ, र हिम बहादुर पुनको यो कार्यले समाजमा नयाँ चेतना फैलाउने विश्वास लिएको छु,” उनले भने।
कार्यक्रमको सञ्चालन पार्टीका सचिव दिपक बिसीले गरेका थिए भने स्वागत मन्तव्य उपसभापति शान्ता बुढाक्षेत्रीले राखेकी थिइन्।
कार्यक्रममा सहभागी सबैलाई एक-एक थान ड्रायगन बोट वितरण गरिएको थियो। सहभागीहरूले पुनले थालेको पहलको प्रशंसा गर्दै फर्मको अवलोकन समेत गरेका थिए।




