“विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित – उज्यालो भविष्यको सुनिश्चितता !” भन्ने नारासहित गुलरिया नगरपालिकामा भव्य नगरस्तरीय स्ट्रीम प्रर्दशनी भएको छ ।


गुलरिया नगरपालिका वडा नं.६ को आयोजनामा जेठ २४ गते शनिबार गुलरिया नगरपालिकामा भएको प्रर्दशनीको शिक्षा, युवा तथा खेलकुद मन्त्रालय, गुलरिया नगरपालिकाको समन्वय र बाँके स्नेस्को क्लब, प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भएको हो ।
प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए ।

प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आजको प्रर्दशनी हेर्दा धेरै खुसी लागेको र आगामी वर्षमा नगरपालिकाबाट बजेट छुटई स्ट्रीम पर्दशनी गर्ने अभिव्यक्ती दिए । ‘भारतमा एपिजे एब्दुल कलामले मिसाईल बनाएको ईतिहास छ, त्यस्तै प्रकारले विद्यार्थी भाईबहिनीहरुले सिर्जना गर्नुहोस् त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’ नगरप्रमुख यादवले भने ।

त्यस्तै गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधान्सुप्रकाश शर्माले भने–‘प्रदर्शनीमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, आविष्कारशीलता र प्रविधिमैत्री सोचलाई प्रवद्र्धन गर्ने भएकोले विद्यार्थीहरुलाई स्ट्रीम गर्न उचित वातावरण विद्यालयले बनाईदिनुपर्ने हुन्छ ।’ अध्यक्ष शर्माले भने ।
बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले– ‘बर्दिया जिल्लामा स्ट्रीमलाई आत्मसाथ गरेर बालबालिकाको सिकाइलाई बढवा दिन विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई जोड्ेर आजको नँया युग सँग प्रतिसप्रद्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नको लागी यो प्रर्दशनी गरिएको हो ।’ लामिछानेले बताए ।

पर्दशनीमा प्रथम श्री नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुर भयो । द्धितिय बगलामुखी राधाकृष्ण मावि र तृतृय श्री धुव्र मा.वि तुल्सिपुर भएको छ । सवै सहभागी विद्यालयहरुलाई प्रमाण पत्र र सम्मान दिईएको छ । बालबालिकाहरुलाई अन्य बालबालिकाहरुले निर्माण गरेको समाग्री हेर्न र बुझनका लागि पर्दशनीले सहयोग पुग्ने भएकाले पर्दशनी गरिएको आयोजकले जानकारी दियो ।




