• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रजातन्त्रवादी पत्रकारहरुको छाता सङ्गठन नेपाल प्रेस युनियन

  •  राजेन्द्र प्रसाद धिताल
  • २०८२ जेष्ठ १३, मंगलवार १६:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+
    प्रजातन्त्रवादी पत्रकारहरुको छाता सङ्गठन नेपाल प्रेस युनियनको आज स्थापना दिवस हो । वि. स.२०४८ साल जेष्ठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो । युनियनका संस्थापक संयोजक जयप्रकाश प्रसाद गुप्ता हुनुहुन्छ । श्रमजीवी पत्रकारका हक र हितमा सङ्गठत रुपमा आवाज उठाउने हेतुले स्थापित यो सङ्गठन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध हुने पहिलो नेपाली पत्रकारहरूको संस्था हो।
    नेपाल प्रेस युनियन विगतमा निरङ्कुश पन्चायती शासन सत्ता विरुद्ध संघर्ष गरेका प्रजातन्त्रका पहरेदार मिसन पत्रकारहरुद्वारा स्थापित लोकतान्त्रिक मूल्य पद्धतिप्रति प्रतिबद्ध नागरिक संस्था हो । लोकतन्त्रका आधारभूत सिद्धान्त अभिव्यक्ति स्वतन्त्रता , कानुनी शासन, आवधिक निर्वाचन, सुशासन र पारदर्शिता, समानतामा आधारित समावेशी शासन पद्धति, आधारभूत मानवाधिकारको संरक्षण एवं प्रत्याभूतिका लागि सर्वथा अग्र पंक्तिमा रहेर खबरदारी गर्ने र नागरिकका लागि संचार भन्ने मान्यताबाट अभिप्रेरित संचारकर्मीहरुको भरपर्दो संस्था हो नेपाल प्रेस युनियन ।
    बर्दियामा नेपाल प्रेस युनियनको शाखा २०५५ सालामा गठन गरिएको थियो । प्रेस युनियनका तत्कालीन अध्यक्ष मुरारी शर्मा र युनियनका नेता तेज कुमार शर्माको उपस्थितिमा बर्दिया शाखाको स्थापना भएको हो । बर्दिया शाखाका संस्थापक अध्यक्ष रेडियो नेपालका तत्कालीन बर्दिया सम्वाददाता यज्ञ नेपाल हुन्  । त्यसपछि क्रमश राजेन्द्रप्रसाद धिताल ,ज्योति पन्थी ,विनयराज भण्डारी र दीपकलाल श्रेष्ठ यस सङ्गठनका जिल्ला अध्यक्ष भएका छन् । यस जिल्लाबाट स्वर्गीय भेषराज पौडेल केन्द्रीय परामर्शदाता र पत्रकार युवराज श्रेष्ठले केन्द्रीय उपाध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्  भने हाल पत्रकार कृष्ण प्रसाद बस्याल राकेश केन्द्रीय परामर्शदाता पदमा कार्यरत छन् । बर्दियामा प्रेस युनियनको स्थापना गर्दा भेषराज पौडेल , यज्ञ नेपाल ,राजेन्द्रप्रसाद धिताल, कृष्ण भण्डारी, मदन सिग्देल, विजय देवकोटा, रुद्र सिग्देल,  हरि सिग्देल ,खडानन्द तिवारी लगायतका व्यक्तित्वहरुको अविस्मरणीय भूमिका रहेको थियो ।
    नेपाल प्रेस युनियनले आफ्नो स्थापना कालदेखि नै लोकतान्त्रिक पद्धति र पत्रकारको पेशागत हकहितका पक्षमा संघर्ष गर्दै आएको छ । विगतको १० बर्षे सशस्त्र द्वन्द्वका समयमा शान्ति ,लोकतन्त्र र मानवताको पक्षमा यस सङ्गठले खेलेको भूमिका उल्लेखनीय छ । २०६२/०६३ को जन आन्दोलन, क्रान्तिको शान्तिपूर्ण व्यवस्थापन, सम्बिधान लेखन र आमनिर्वाचन लगायतका सवालमा यस सङ्गठनले निर्वाह गरेको सुझबुझ पूर्ण अगुवाइ ऎतिहासिक एवम् अविस्मरणीय छ।
    Post Views: 343
    प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १६:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.