• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

०८४ को आम निर्वाचन कांग्रेसको नयाँ नेतृत्वको अगुवाइमा – गगन थापा

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २२, मंगलवार १८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ २२ गते / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को आम निर्वाचन पार्टीको नयाँ नेतृत्वको अगुवाइमा गर्ने बताएका छन् । पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को शनिबार आयोजित सम्मेलनमा बोल्दै ०८४ को आम निर्वाचन कांग्रेसको नयाँ नेतृत्वको अगुवाइमा हुने दाबी गरेका हुन् । पार्टीका केही अग्रज नेताहरूले ०८४ को आमचुनावपछि महाधिवेशन गरे पनि हुने बताएको सन्दर्भमा महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा पार्टी ०८४ को चुनावमा जाने स्पष्ट पारेका हुन् ।

    उनले भने, ‘८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन। महाधिवेशन सार्न संविधानले पनि दिँदैन, एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन।’

    नेता थापाले यसअघि पूर्वमहामन्त्री डा शशांक कोइराला र केन्द्रीय सदस्य डा नारायण खड्काले महाधिवेशन ०८४ को आमचुनावपछि गरे पनि हुने धारणा राखेसँगै त्यसको जवाफ दिएका हुन् ।

    कानूनमै उल्लेख भएको विषयलाई विद्धान नेताहरु कोइराला र खड्काले अल्झाउन खोजेर कांग्रेस कार्यकर्तालाई अल्मलाउन खोजेको आसय थापाको हो ।

    कांग्रेसको १४ औँ महाधिवेशन ०७८ मंसिरमा काठमाडौँमा भएको थियो । सो अनुसार नियमित महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्नेछ ।

    तर विधानले नै विशेष परिस्थिति भन्दै एक वर्ष थप्ने सुविधा सभापतिलाई दिएको छ । सो सुविधालाईसमेत लत्याउने गरी अग्रज नेताहरुले भ्रम छर्दै हिँडेपछि महामन्त्री थापाले स्पष्ट पारेका हुन् ।

    समयमै महाधिवेशन गर्नका लागि कांग्रेस आजैदेखि तात्नुपर्नेछ । सो अनुसार आफूलाई अभ्यस्त पार्दै गएका महामन्त्री थापाले चैतभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने र त्यसपछि नयाँ क्रियाशील बाँड्ने तयारी गरेकोसमेत बताएका छन् ।

    वडादेखि केन्द्रीय महाधिवेशनसम्म आइपुग्न करिब एक वर्ष लाग्ने भएकाले कांग्रेसले नियमित महाधिवेशन गर्न नसक्ने देखिए पनि महामन्त्री थापा भने समयमै सकिनेमा विश्वस्त छन् ।

    उनले सहमतिमै जतिसक्दो छिटो महाधिवेशन गर्ने गरी पार्टीमा छलफल भइरहेकोसमेत बताएका छन् ।

    गत असारमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार ०८४ को चुनावअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका हुन् ।

    सोअनुसार हालका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने इच्छा कायमै छ । यद्यपि कानूनअनुसार भने उनी दोहोरिने सम्भावना छैन ।

    यद्यपि नेता थापाको यो अडानले भने कांग्रेसभित्र नयाँ तरङ्ग पैदा गरेको छ

    Post Views: 187
    प्रकाशित मिति: २०८१ माघ २२, मंगलवार १८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.