बर्दिया(मधुवन), माघ १४ गते / नेपाली समाजमा पानीको अनुचित प्रयोगले थुप्रै समास्या भइरहेका हुन्छन । स्थानियले पिउने पानीको गुणस्तर र मात्रा बारे अनविज्ञ हुँदा दैनिक जिवनमा समास्याहरु निम्तिने गर्दछन । पानी सँग सम्बन्धित समुदाय स्तरमा रहेका समस्या, नकारात्मक असर र यसको समाधानमा के गर्न सकिन्छ भन्ने उद्धेशयले अनुसन्धान गर्ने गरि स्थानिय समुदाय संग बृहत छलफल गरिएको छ ।


माघ १२ गते बर्दियाको मधुवन नगरपालिका १ मा प्राकृतिक स्रोत व्यवस्थापन र जलबाट स्थानीयमा परिरहेको असर सहित पानीको व्यवस्थापन बारे छलफल गरिएको हो । थारु महिला उत्थान केन्द्र बर्दियाको आयोजना गरिएको छलफलमा विभिन्न ५ वटा संघसंस्थाहरुले सामुहिक रुपमा अनुसन्धान गर्न बर्दियामा सुरु गरेका छन ।

परियोजना मार्फत मुख्यतः स्माल अर्थ नेपाल, त्रिभुवन विश्व विद्यालय (टि.यू), आई.एच.ई, क्रिडा (प्क्ष्च्म्ब्च्ऋ) र थारु महिला उत्थान केन्द्र रहेका छन । आइतबार मधुवनमा भएको छलफल कार्यक्रम मधुवन नगरपालिका र गेरुवा गाँउपालिकाका स्थानिय नागरिक जनप्रतिनिधीहरुले तल्लो कर्णाली जलाधारको व्यवस्थापनमा अपनाउनु पर्ने उपाय, नदिले पारेको असर लगायतका समास्याहरु दर्शएका थिए ।

कार्यक्रममा थारु महिला उत्थान केन्द्र बर्दियाकी निर्देशक प्रिज्मा सिंह थारुले परियोजनाले सरोकारवालाहरूलाई सूचित गर्ने उद्देश्यले आगामी दिनमा जलाधार व्यवस्थापन सम्बन्धी नीति र कार्यक्रमहरूको निर्माण तथा कार्यान्वयन गर्न सजिलो हुने उद्देश्यले तल्लो कर्णाली जलाधार क्षेत्रमा सरोकारवालाहरू सँग छलफल गरिएको बताउनु भयो ।
स्माल अर्थ नेपालका कार्यकारी निर्देशक भवानी शंकर डंगोलले अबिककष्प प्रोजेक्टको बारेमा जानकारी दिंदै समाजिक समावेसितामा आधारित जलस्रोत व्यवस्थापन सम्बन्धि रहको आयोजनाले वर्दियाको गेरुवा गाउँपालीका र मधुवन नगरपालीकामा कार्य श्रेत्र रहेर काम गर्ने बताउनु भयो । परियोजनाले अनुसधान, क्षमता अभिबृद्धिका साथै जनसचेतना र पैरवी गर्ने लक्ष्य राखेको डंगोलले बताउनु भयो । सन २०२४ अप्रिल देखी सुरु भएको परियोजना सन २०२७ डिसेम्बर सम्म ३ बर्ष ६ महिना काम गर्ने जानकारी डंगोलले दिनु भयो । सामु्हिक रुपमा संस्थाहरुले समुदायमा पुगी गरिएको अनुसन्धान वाट आएको नतिजाहरुलाई विश्लेषण गरी नितीगत तहमा समेत छलफल हुने गरि कार्य गरिने उहाँले खुलाउनु भयो ।

छलफलमा सहभागीहरुले स्थानीय स्तरका समस्याहरु तथा त्यसबाट बच्ने उपायहरुबारे सुझाव समेत दिएका छन । सरोकारवालाहरु संग भएको संवाद कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट धिरज प्रधान, रमिता बज्राचार्य, सुनिता राउत , मोति रिजाल, सुचिता श्रेष्ठले विचारहरु राख्नु भएको थियो । कार्यक्रममा मधुवन नगरपालिकाकी नगर उपप्रमुख अनीता चौधरी, मधुवन नगरपालिका र गेरुवा गाँउपालिका वडा अध्यक्षहरु, गाँउका बरघर, सामुदायिक बनका प्रतिनिधी, विपत व्यवस्थापन समितीका प्रतिनीधि, विभिन्न परियोजनाका प्रतिनीधी लगायतको उपस्तिथ रहेको थियो




