• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खुला सिमाले स्थानिय व्यवसाय धारासायि, राजस्व चुहावटमा सरकारी निकाय मौन रहेको आरोप

  •  संजय आचार्य
  • २०८१ माघ २, बुधबार ११:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ ०२ गते / बर्दिया जिल्लाको नेपाल भारत बीचको करिब ८३ किलोमिटर खुला सिमानाकाले स्थानिय व्यवसायीलाई थला पारेको छ । सिमावर्ति क्षेत्रमा भएको बजारहरुमा नेपालका नगारिक घारायसी समाग्री किनमेल गरेको भिड लाग्ने गरेको छ । जसका कारण आन्तरिक बजारहरु धमाधम बन्द हुन थालेका छन ।

    बढैयाताल गाँउपालिकाका स्थानिय व्यापापरी हरि दहालले सम्बन्धित निकायहरुको लापरवाहीका कारण राजश्व चुहावट रोक्न असफल भएको बताए । बढैयाताल गाँउपालिकाका अधिकांश व्यापारीका सटरहरु धमाधम बन्द भै व्यापारीहरु पलायन भै रहेको उनको गुनासो छ ।
    नियम कानुन विधिका कुरा गर्ने सरकारी तवर राजस्व चुहावटको रोकथामका लागी निरह रहेको व्यापारीहरुले आरोप लगाएका छन । नेपाल संग सिमा जोरिएको छिमेकी मुलुकको बलैगाँउ, लौकाही, चित्लहवा, बठनिया लगायतका बजारमा दैनिक हजारौ नेपाली नागरिक सामान खरीदका लागी गएपनि स्थानिय प्रहरी, प्रशासन, स्थानिय सरकार लगायतले राजस्वको विषयमा मौन रहेको स्थानिय व्यापारी उद्धव सापकोटोले बताउनु । यस क्रमलाई सम्बन्धित निकायले ध्यान दिई समास्या समाधान गर्न आवश्यक रहेको उनको भनाई छ ।


    सरकारले चोरी निकाशी नियन्त्रण गर्न सके बर्दियामा भन्सार कार्यलयले लिएको २ करोड १४ लाख बराबरको राजस्व सहित दोब्बर हुने सापकोटाले बताए । दैनिक रुपमा हजारौंको राजस्व चुहावट भइरहेको अरोप लगाउँदै व्यापारीले राजस्व संकलन गर्ने बिभाग नै उदाशिन रहेको आरोप लगाएका छन ।
    यता स्थानिय सरकारले भने स्थानिय व्यवसायी मात्र नभई राज्य समेत धरासाई बन्दै गएको भन्दै सिमा क्षेत्रमा हुने गैरकानुनी गतिविधी रोक्न स्थानिय सरकारले एक्सन टोली बनाई कार्य गर्ने बढैयाताल गाँउापालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । अवैध ओसारपसार लगायतका गैरकानुनी कार्यभइरहेको सुचना नागरीकहरुले प्रहरी, प्रशासन तथा स्थानिय सरकारलाई दिन आग्रह समेत आग्रह गरे ।

    खुला सिमानाकाका कारण स्थानिय व्यवसायीलाई परेको पिडामा सहयोग गर्नुपर्ने व्यापारीहरुले माग गरेका छन । सिमित क्षेत्रमा प्रहरी प्रशासन तथा भन्सार कार्यलयको उपस्थीति गराई राजस्व चुहावट रोक्नुपर्ने आवश्यकता देखिएको छ । सिमावर्ती बजारका कारण स्थानिय बजार धारासायी बन्दै गएको प्रति सरकर गम्भिर भई योजना बनाउन जरुरी देखिन्छ । सीमा क्षेत्रमा अवैध ओसारपसारमा संलग्नहरुलाई निरुत्साहित गरी वैकल्पिक आयआर्जनमा संलग्न गराउन आवश्यक रहेको राजापूर भन्सार कार्यालयका प्रमुख धन बहादुर शाही बताउनु भयो । चोरी निकासी नियन्त्रणमा आपसमा सहकार्य गरी अघी बढनु पर्ने उनले जोड दिए ।
    उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले सबै जनाको सहयोगले मात्र सफलता सम्भव रहेको बताए । अबका दिनमा आर्थिक नीतीहरु निर्माण गर्दा ५ बर्ष सम्म लागु गर्ने सुझाव समेत लामिछानेले दिए ।

    राजापुर भंसार कार्यालयले यस बर्ष करीब २ करोड १४ लाख १६ हजार राजस्व संकलन गर्ने लक्षय राखेको छ । बर्दिया प्रशासनले सिमानाकामा अवैध गतिविधी रोक्न उच्च निगरानी राख्दै आएको छ, भने प्रहरी प्रशासनले सिमानाकामा हुने गतिविधी माथी पनि निगरानी गर्दै कारवाही समेत गर्दै आएको जनाइएको छ ।
    बढैयाताल गाँउपालिकामा भंसार सुधार, सचेतना तथा राजस्व चुहावट नियन्त्रणका विविध विषयमा बढैयाताल गाउपालिकाका व्यापारी सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको थियो । राजापुर भंसार कार्यालय बर्दियाको आयोजना तथा बढैयाताल उद्योग वाणिज्य संघको समन्वयमा सोमबार छलफल गरिएको हो । छलफलमा राजनितिक दलका प्रतिनीधी, शसस्त्र प्रहरी बल काण्ठपुर शसस्त्र प्रहरी नायब उपरिक्षक जनकराज पन्त, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश कुमार तेली, कर कार्यालयका कर अधिकृत राजेन्द्र खडका, स्थानिय व्यापारी तथा संचारकर्मीको उपस्तिथी बृहत छलफल गरिएको थियो ।

    Post Views: 338
    प्रकाशित मिति: २०८१ माघ २, बुधबार ११:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.