• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मानव वस्तिमा निस्किएको बाघलाई नियन्त्रणमा लिइँदै

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २, बुधबार १०:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन, माघ २ गते / चितवन राष्ट्रिय निकुञ्जवाट बाहिर निस्किएका बाघ, गैँडा जस्ता जनावरले चितवनमा बेला बेलामा दुःख दिइ रहने गर्दछन् । पछिल्लो समय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् भने भरतपुर महानगरको सिद्धार्थ टोलमा  बाघ आएर जोखिम देखिएपछि निकुञ्जले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

    निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश मगरका अनुसार गैँडाको आक्रमणबाट मृत्यु हुनेमा माडि नगर पालिका वडा नम्वर ३ निवासी ५६ वर्षीया छविलाल बोट रहेका छन् । उहाँलाई रिउ खोलाको कासघारीमा गैँडाले आक्रमण गरी मारेको हो । उहाँ भैसी चराउन सो क्षेत्रमा गएको बताइन्छ ।

    सो घटनामा सँगै रहेका माडी नगर पालिका वडा नम्वर ३ कै  कृष्ण महत्तो, हेमराज महत्तो र राजु वोटलाई पनि गैँडाले आक्रमण गरी घाइते बनाएको छ । उहाँहरु भागेर ज्यान बचाउन सफल हुनुभएको हो । घाइते तीनै जनाको चितवन मेडिकल कलेजमा उपचारपछि घर फर्किसक्नुभएको छ ।

    उता भरतपुर महानगर पालिका वडा नम्वर २४ सिद्धार्थ टोलमा  बाघ देखिएपछि स्थानिय त्रसिद बनेका छन् । मानव वस्तिमा निस्किएको बाघलाई निकुञ्जले नियन्त्रणमा लिने प्रयास गरि रहेको छ ।

    “बाघले एउटा कुकुर मारेर खाएको भनि स्थानियले खबर गरेपछि हामीले त्यो बाघलाई नियन्त्रणमा लिन खोजी कार्य जारी गरी  सकेका छौँ । त्यो भेटिने बित्तिकै डार्ट गरेर निकुञ्ज भित्र लगि छाडिने छ”, सूचना अधिकारी मगरले भन्नुभयो । बाघ नियन्त्रणका लागि अहिले निकुञ्जले तीन वटा हात्तीसहितका प्राविधिकहरु परिचालन गरेको पनि उहाँले जनाउनुभयो ।

    यस्तै, भरतपुर महानगर पालिका वडा नम्वर २२ पटिहानी पदम पोखरीका एक दम्पत्तिलाई वन मौरीले चिलेर घाइते बनाएको छ । आफ्नो घर नजिकै वाटोमा हिँडिरहेका बेला मङ्गलवार साझ उनिहरुलाई मौरीले चिलेको हो । घाइतेकी छोरी टिका गुरुङका अनुसार ८३ वर्षीय मंगलराज गुरुङ र ७० वर्षीया कान्छी गुरुङलाई वन मौरीले चिलेको हो । उनिहरु मध्ये मंगलराजको अहिले पनि चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भरहेको छ भने कान्छीको उपचार पश्चात घर लगिएको छ । घाइते दुवैको अवस्था मध्यम रहेको बताइन्छ ।

     

     

     

    साभार गोरखापत्र

    Post Views: 214
    प्रकाशित मिति: २०८१ माघ २, बुधबार १०:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.