गुलरिया, मंसिर ९ गते / जिल्ला क्रिकेट संघ बर्दियाद्वारा आयोजित बर्दिया कप क्रिकेट टि-२० प्रतियोगिताको मंसिर ९ गते आज भएको दोस्रो खेलमा बर्दिया क्रिकेट एकेडेमी (ए)ले राजापुर नगरपालिकालाई ४९ रनले पराजित गरेको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको बर्दिया क्रिकेट एकेडेमी (ए) ले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा १ सय ३३ रन बनाएर अलाउट भएको थियो। बर्दिया एकेडेमीमा तर्फबाट असिम गिरीले ३१ बलमा आकर्षक १० चौकाको मद्दतले ५५ रन बनाएका थिए भने रुपेश बस्यालले ३३ बलमा २३ रन बनाउदा अन्य ब्याट्सम्यानले राम्रो अङ्क जोड्न सकेका थिएनन्।
बलिङ तर्फ राजापुर नगरपालिकाका अजय शाहनीले आकर्षक बलिङ गर्दै ४ ओभरमा २१ रन दिएर ५ विकेट लिएका थिए साथै सौगात खत्रीले चार ओभरमा २७ रन दिएर दुई विकेट लिएका थिए।
१ सय ३४ रनको लक्ष्य लिएर आएको राजापुर नगरपालिकाका खेलाडीहरूले लामो साझेदारी बनाउन नसक्दा राजापुर नगरपालिका १८.५ ओभरमा ८३ रन बनायर अलआउट हुदै बर्दिया क्रिकेट एकेडेमीसँग ४९ रनले पराजित हुन पुगेको छ । राजापुर नगरपालिकाका तर्फबाट ब्याटिङ गर्दै विनायक गिरीले २३ बलमा २३ रन बनाएका थिए भने रमेश ढुङ्गानाले २६ बलमा १४ रनको योगदान दिएका थिए। राम्रो र कसिलो बलिङ गरेका बर्दिया एकेडेमीका खेलाडीहरूमा बलिङतर्फ बर्दिया क्रिकेट एकेडेमीका रजनिश यादवले ३ ओभरमा १४ रन दिएर २ विकेट लिएका थिए भने रुपेश वर्माले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने भने रुपेश बस्याल र बिरु मगरले पनि २/२ विकेट लिएका थिए ।
आजको म्याचमा ३१ बलमा ५५ रन बनाएका बर्दिया क्रिकेट एकेडेमी (ए)का असिम गिरी म्यान द म्याच घोषित भएका थिए ।
भोलि मङ्सिर १० गतेको पहिलो म्याच बिहान ८:३० बजे बर्दिया क्रिकेट एकेडेमी (बी)र जनजागृति युवा क्लब मधुवन बीच हुनेछ भने दोस्रो खेल दिनको १२:३० बजे कृष्णसार युवा स्पोर्ट्स क्लब गुलरिया र राजपुर नगरपालिकाबीच हुने आयोजकले जानकारी दिएका छन् ।




