मधुवन, मंसिर ६ गते / मधुवन नगरपालिकाको आयोजनामा छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गते बाट मधुवन नगरपालिकाको ढोढरीमा रहेको खेलमैदान (कबर्डहल)मा प्रतियोगिता सुरु भएको छ।


आजदेखि सञ्चालित छैठौं राष्ट्रपति रनिङशील प्रतियोगितामा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालय र आवासीय माध्यमिक विद्यालयहरूको सहभागिता रहेको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले जानकारी दिनुभयो।

मङ्सिर ५ गतेदेखि मंसिर ८ देखि सञ्चालन हुने यस प्रतियोगितामा मधुवन नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी करिब १९ वटा विद्यालयहरूको सहभागिता रहने मधुबन नगर खेलकुद विकास समितिका संयोजक तिलक मल्लले जानकारी दिनुभयो। चार दिनसम्म चल्ने यस रनिङशील प्रतियोगितामा भलिबल, कबड्डी, एट्लेटिक्स र मार्सलआर्ट खेलहरुको समेत सहभागिता रहेको खेलकुद संयोजक तिलक मल्लले बताए ।




