बर्दिया/ भेरि बंबई डाईभर्सन र बंबई सिचाइ आयोजनाको संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले संसद सहयोग परियोजना अन्तर्गत असोज १४ र १५ गते अनुगमन गरेको छ । समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पा सहितको टोलिले राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको संसद सहयोग परियोजना अन्तर्गत आयोजनाहरुको अनुगमन गरेको हो ।

अनुगमनमा माननियहरु इन्द्रादेवी गौतम, किरणबाबु श्रेष्ठ, गोपी बहादुर सार्की अछामी, संसद सहयोग परियोजना कर्णाली र सुदुरपश्चिम प्रमुख क्यारिना श्रेष्ठ लगायत सहभागी रहेका छन । असोज १३ गते देखि ३ वटा राष्ट्रिय गौरवका योजनाहरु महाकाली सिचाइ आयोजना, भेरि बंबई डाईभर्सन र बंबई सिचाइ आयोजना अनुगमन गरेर सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिने गरि अनुगमनको सुरुवात गरियको समितिले जानकारी दिएको छ ।

असोज १४ गते सोमबार भेरी बंबई डाईभर्सन को अनुगमनका क्रममा आयोजनामा देखिएका समस्याका बारेमा आयोजना प्रतिनिधि प्रमुखले जानकारी गराएका थिए । अनुगमन कै क्रममा समितिले असोज १५ गते मंगलबार बबई सिचाई आयोजना समेतको अनुगमन गरेको र अनुगमन कै क्रममा बबई सिंचाइ आयोजनाका प्रतिनिधिले बजेट नहुदा कामहरु गराउन नसकिएको बताए । आयोजनामा ठेकेदारले काम गरेकाको रकम समेत दिन नसक्दा तदारुकताले ठेकेदार संग काम लिन नसकिएको समेत बंबई सिंचाइका प्रतिनिधिले समितिलाई जानकारी गराएका थिए ।

यहीअसोज १३ गते देखि समिति अनुगमनका लागि हिडेको टोलि असोज १४ गते भेरी बबई डाईभर्सन र १५ गते बंबई सिंचाइ अनुगमन गरेको हो । अनुगमनका क्रममा गौरवका योजनामा उठेका समस्याहरु एक किसिमका समस्या रहेको समितिले पाएको र समाधानका लागि काठमाडौं पुगे संगै सम्बन्धित मन्त्रालयमा पुगेर उठेका बिषयमा कार्यान्वयनका लागि निर्देशन दिने संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पा बताए । देशको गौरवका आयोजना समयमा निर्माण काम नसकिनुको कारण पत्ता लगाउन फिल्ड अनुगमनमा निस्केकोले अनुगमनका क्रममा देखिएका सुझाव हुवहु नेपाल सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिने समेत शेर्पाले जानकारी दिए । अनुगमनका क्रममा समितिको टोलिले सुदुरपश्चिमका राष्ट्रिय गौरवका आयोजना महाकाली सिंचाइ आयोजना समेतको गरेर अनुगमन पछि ३ वटै गौरवका आयोजनामा उठेका बिषय सुझाव कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिने समेत समितिले जानकारी दिएको छ ।बर्दिया, असोज १७ गते / भेरि बंबई डाईभर्सन र बंबई सिचाइ आयोजनाको संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले असोज १४ र १५ गते अनुगमन गरेको छ । समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पा सहितको टोलिले राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको आयोजनाहरुको अनुगमन गरेको हो ।
अनुगमनमा माननियहरु इन्द्रादेवी गौतम, किरणबाबु श्रेष्ठ, गोपी बहादुर सार्की अछामी, संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सहयोग परियोजना कर्णाली र सुदुरपश्चिम प्रमुख क्यारिना श्रेष्ठ लगायत सहभागी रहेका छन । असोज १३ गते देखि ३ वटा राष्ट्रिय गौरवका योजनाहरु महाकाली सिचाइ आयोजना, भेरि बंबई डाईभर्सन र बंबई सिचाइ आयोजना अनुगमन गरेर सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिने गरि अनुगमनको सुरुवात गरियको समितिले जानकारी दिएको छ ।
असोज १४ गते सोमबार भेरी बंबई डाईभर्सन को अनुगमनका क्रममा आयोजनामा देखिएका समस्याका बारेमा आयोजना प्रतिनिधि प्रमुखले जानकारी गराएका थिए । अनुगमन कै क्रममा समितिले असोज १५ गते मंगलबार बबई सिचाई आयोजना समेतको अनुगमन गरेको र अनुगमन कै क्रममा बबई सिंचाइ आयोजनाका प्रतिनिधिले बजेट नहुदा कामहरु गराउन नसकिएको बताए । आयोजनामा ठेकेदारले काम गरेकाको रकम समेत दिन नसक्दा तदारुकताले ठेकेदार संग काम लिन नसकिएको समेत बंबई सिंचाइका प्रतिनिधिले समितिलाई जानकारी गराएका थिए ।
यहीअसोज १३ गते देखि समिति अनुगमनका लागि हिडेको टोलि असोज १४ गते भेरी बबई डाईभर्सन र १५ गते बंबई सिंचाइ अनुगमन गरेको हो । अनुगमनका क्रममा गौरवका योजनामा उठेका समस्याहरु एक किसिमका समस्या रहेको समितिले पाएको र समाधानका लागि काठमाडौं पुगे संगै सम्बन्धित मन्त्रालयमा पुगेर उठेका बिषयमा कार्यान्वयनका लागि निर्देशन दिने संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पा बताए । देशको गौरवका आयोजना समयमा निर्माण काम नसकिनुको कारण पत्ता लगाउन फिल्ड अनुगमनमा निस्केकोले अनुगमनका क्रममा देखिएका सुझाव हुवहु नेपाल सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिने समेत शेर्पाले जानकारी दिए । अनुगमनका क्रममा समितिको टोलिले सुदुरपश्चिमका राष्ट्रिय गौरवका आयोजना महाकाली सिंचाइ आयोजना समेतको गरेर अनुगमन पछि ३ वटै गौरवका आयोजनामा उठेका बिषय सुझाव कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिने समेत समितिले जानकारी दिएको छ ।




