लागुऔषध नियन्त्रणका लागि बनाइएका पर्चा सिमापारीबाट आएका स्थानीहरुलाइ वितरण गर्दै बर्दिया प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख

बर्दिया, असोज ७ गते / बर्दियामा लागु पदार्थ कारोबारी तथा सेवनकर्ता बढे संगै जिल्ला प्रशासन कार्यालय बर्दिया लागुऔषध कारोवारि र सेवनकर्ताका विरुद्ध कठोर बन्दै बर्दिया जिल्ला भित्र ३ महिने बिषेश अभियान संचालन गरेको छ ।
बर्दिया जिल्लामा पछिल्लो समय लागुऔषध कारोबारी तथा सेवनकर्ताहरुको संख्या बढ्दै गएको कारण चुनौती थपिदै गईरहेकोले लागुऔषध कारोबारी र सेवनकर्ता न्यूनिकरणका लागी ३ महिने अभियान संचालन गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिनुभयो । अभियान कै क्रममा असोज ६ गते आईतबारका दिन प्रमुख जिल्ला अधिकारी सहित बर्दिया प्रहरी प्रमुख प्रविण धिताल, बर्दिया सशस्त्र प्रहरी प्रमुख र संचारकर्मीहरुको टोलीले विभिन्न नाकाबाट आउजाउ गर्ने स्थानहरुको निरिक्षण र अनुगमन गरेको थियो ।


नेपाल भारत खुला सीमाना ८३ किलो मिटरको दुरी सम्म फैलिएको छ । अनुगमनका क्रममा टोलिले बर्दियाको गुलरिया नगरपालिका बडा नं ११ को भारतिय सिमा संग जोडिएको गणेशपुर लौकाही सिमा र बढैयाताल गाँउपालिका बडा नं २ मा पर्ने सिमा नाका संग जोडिएको फुटाहा नाकाको निरिक्षण गरेको थियो ।
सुरक्षा प्रमुख हरु नै सिमामा पुगे संगै आउजाउ गर्ने मानिसहरुको कडा रुपमा चेकजाच गरिएको थियो भने बर्दिया प्रमुख जिल्ला अधिाकारी रुद्रा देवी शर्मा आफैले सिमापारी आउजाउ गर्ने मानिसहरु संग सोधपुछ गर्नु भएको थियो ।
खुला सिमा भारतिय बजार लौकाहीमा स्थानीयहरु बढि मात्रामा आउजाउका कारण पनी लागु औषध सेवनकर्ता तथा कारोवारी हरुको हव जस्तै रहेको स्थानीहरुले बताए ।

आफ्नो गाउँ ठाउँ मै लागु पदार्थ कारोबारी तथा सेवनकर्ताहरु ह्वात्तै बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले न्युनिकरणका लागि नेपाल भारत सीमा नाकामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरु आफै उपस्थित भई चेकजाच गरेकोमा स्थानीय खुसी भएका थिए,।
आज एक दिन मात्र तामझाम गरेर गरिएको चेकजाच निरन्तरता पाए मात्र जिल्ला प्रशासन बर्दियाले संचालन गरेका लागुऔषध विरुद्धको ३ महिने अभियानले सार्थकता पाउने सिमा नजिक बस्ने एक स्थानीयले बताए ।
विशेष गरि बर्दिया जिल्लाको भारतीय सिमासँग जोडिएर रहेका ४ वटा पालिका उच्च जोखिमको रुपमा पहिचान भएको र अन्य पालिकाहरु पनि लागुपदार्थको जोखिम रहेका कारण लागु औषध नियन्त्रणका लागि सबै सरोकारवालाहरुको हातेमालो आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको भनाई छ ।
बर्दिया जिल्लामा अन्य मुद्दाहरु भन्दा लागुऔषध सम्बन्धि मुद्दाकिो संख्या उल्लेखनिय बढीरहेका कारणले लागु औषध नियन्त्रणका लागि अभियानका साथसाथै सिमा लगाएत सम्भावित स्थानहरुमा प्रहरीको सक्रियता पनि बढाईएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भएको छ ।
लागु औषध कारोबार नियन्त्रणका लागि सिमा क्षेत्र मै आएर बर्दिया प्रशासन सहित सुरक्षा प्रमुखहरु सिमा नाकामै आएर लागुऔषध विरुद्धमा सचेतना फैलाउनु राम्रो सन्देश हो साथै लागुऔषध कारोबार र सेवनकर्तालाई रोक्न प्रहरी प्रशासनले निरन्तर कडा निगारानी कारवाही सहित परिणाम दिने गरि कार्य गरे मात्र न्युनिकरणका लागि गरिएको प्रयासले नतिजा पाउने स्थानीय विना नेपालीले बताइन ।
सिमामा चेकजाँच गर्नुका साथै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख आफैले पहिलो चरणमा लागु औषध नियन्त्रणका लागी बनाइएका पर्चा पम्पलेटहरु सिमाबाटा आउजाउ गर्नेलाई वितरण गरेका थिए ।




