• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुने

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार २१:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यही भदौ २८ र २९ गते नेपाल युथ समिट हुन लागेको छ ।

    काठमाडौंमा युवा सम्मेलन हुने भएको हो

    राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौंको चाबहिलस्थित दुर्गा पार्टी भेन्युमा सम्मेलन हुने आयोजकले जनाएको छ।

    स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ।

    सम्मेलनमा देशभरका करिब पाँच सय जना युवा सहभागी हुने युवा सम्मेलन  संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए।

    ‘युवाहरूलाई स्वदेशमै केही काम गर्न सकिन्छ र समृद्ध देश बनाउने चाहना पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो,’ उनले भने।

    विभिन्न क्षेत्रमा स्थापित भएका युवाहरूको वृहत भेला, एकता र सहकार्यमार्फत नयाँ विचार, युवाको क्षमता विकास र साझा एजेन्डासहित देशमै रोजगारी सिर्जनाको वातावरणका लागि सङ्कल्प गर्ने उद्देश्य सम्मेलनको रहेको पनि उनले बताए।

    सम्मेलनमा विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिनेछन्।

    आर्थिक, समाजिक, साँस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको ७ बुँदे घोषणा पत्र जारी गर्ने तयारी रहेको राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मलकुमार उप्रेतीले बताए।

    सम्मेलनमा सांसदसमेत रहेका उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, उद्यमी विदुषी राणा, बैंकर्स मनोज ज्ञवालीलगायत सहभागी रहनेछन्।

    Post Views: 378
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार २१:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.