• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

डिएसपी नै आतंकवादी गतिविधिमा!

  •  टपेन्द्र कार्की
  • २०८१ भाद्र २२, शनिबार १०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) अन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरको निगरानीमा रहेका एक नेपालीसँग सम्बन्ध देखिएका नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही अनुसन्धानमा तानिएका छन्।

    कालीकोट स्थायी घर भई हाल मलेसियामा रहेका, विवादास्पद पृष्ठभूमि भएका र आतंकवादी क्रियाकलापमा जोडिएका महेन्द्रजंग शाहसँग मलेसियामा सँगै देखिएपछि डिएसपी शाही अनुसन्धानमा तानिएका हुन्।

    इन्टरपोलको एनसिबीले तीन जनाको विवरण माग गरेपछि शाही अनुसन्धानमा तानिएको खुलेको हो। एनसिबीले साउन ९ गते नेपाल प्रहरीलाई पत्राचार गरेपछि यो विषयमा प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान गरेको छ। शाहीका सबै विवरण इन्टरपोललाई पठाएको प्रहरीले जनाएको छ।

    ‘एनसिबीले डिएसपीसहित तीन नेपालीको विवरण मागेको थियो। हामीले पठाइदिएका छौं। साथै नेपाल प्रहरीले पनि यो विषयमा अनुसन्धान गरिरहेको छ,’ नेपाल प्रहरी इन्टरपोल शाखामा रहेका एक प्रहरी कर्मचारीले भने। सिंगापुर इन्टरपोलले नेपाल प्रहरीलाई पठाएको पत्रमा लेखिएको छ, ‘उनीहरूको गतिविधि के–कस्तो छ? कुनै आपराधिक घटनामा संलग्न भएको जानकारी छ भने उपलब्ध गराइदिनुहोला। र, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयमा जानकारी छ भने त्यो पनि उपलब्ध गराइदिनु हुन अनुरोध छ।’

    नेपाल प्रहरीसँग सिंगापुर प्रहरीले डिएसपी शाही, कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजंग शाहको पृष्ठभूमि र अन्य विवरण मागेको थियो। एनसिबी सिंगापुरले साउन ९ मा पत्राचार गरेको थियो।

    प्रहरी प्रधान कार्यालयले त्यसको जबाफ पनि पठाइसकेको छ। सिंगापुर प्रहरीको पत्रमा उनीहरूका गतिविधि, कुनै आपराधिक घटनामा संलग्नता, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयबारे जानकारी पठाउन आग्रह गरेको थियो।

    महेन्द्रजंग लामो समयदेखि मलेसियामा बस्दै आएका छन्। उनी एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत हुन्। दीपेन्द्रबहादुर माओवादी केन्द्रका स्थानीय नेता भएको स्रोतले जनाएको छ। महेन्द्र र दीपेन्द्र नजिकका नातेदार पनि हुन्। दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत थिए।

    गत जेठ ३२ गते उनी महेन्द्रकै सहयोगमा १० दिन सिंगापुर भ्रमणमा गएका थिए। त्यहीबेला उनीहरूबीच मलेसियमा भेट भएको थियो। मलेसियाबाट सिंगापुर जाँदा सीमा क्षेत्रबाट महेन्द्रलाई सिंगापुर अध्यागमनले प्रवेश निषेध गर्‍यो। साथमा डिएसपी शाहीलाई पनि सिंगापुर प्रवेशमा रोकिएको स्रोतको दाबी छ। ‘सिंगापुर र मलेसियाको प्याकेज टुर रहेछ। डिएसपी हेमबहादुर शाही र महेन्द्रजंग शाहलाई सिंगापुर अध्यागमनले रोकेपछि मलेसिया नै फर्केका रहेछन्,’ प्रहरी स्रोतले भन्यो।

    महेन्द्रजंगसँगै सिंगापुर अध्यागमन नोटिसमा परेका डिएसपी शाही मलेसियाबाट नेपाल फर्केको एक महिनापछि इन्टरपोल प्रहरीले उनीहरूको विवरण मागेको थियो। महेन्द्रजंगले कुनैबेला काठमाडौं थानकोटका इन्द्रवीर महर्जनसँग तीन लाख रूपैयाँ तथा नवलपरासी बेल्डियाका ओमबहादुर मल्लसँग १४ हजार आरएम लिएर नक्कली भिसा लगाएको विषयमा मलेसिया प्रहरीले प्रवेशमा रोक लगएको हो।

     

     

     

    नागरिक/साभार/टपेन्द्र कार्की

    Post Views: 371
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार १०:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.