मधुवन, भाद्र २१ गते / बर्दिया राष्ट्रिय निकुञ्ज र खाता कोरीडोरको बिचमा पर्ने शिव सामुदायीक वनमा गैडाको आक्रमणबाट घाइते अमेरिकी नागरिकको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको हेम्स अस्पतालका लागि लगिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले जानकारी दिए ।


गैंडाको आक्रमणबाटघाइते पछि ठाकुरबाबा नगर अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएको लम्सालले बताए ।

आज बिहान करिब ९ बजेको समयमा पाहुनालाई वन्यजन्तु अवलोकनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र खाता कोरिडोर बिच पर्ने मधुवन नगरपालिका बडा नं १ मा रहेको शिव सामुदायिक वनको अवलोकन गर्न पदयात्रामा गएका ठाकुरबाबा नगरपालिका बडा नं ९ का ३५ बर्षिय नेचर गाइड मनमोहन थारुको गैडाको आक्रमणबाट मृत्यु भएको थियो ।





