गुलरिया, असार १६ गते / गुलरियामा असार १२ गते देखि असार १७ गते सम्म सञ्चालन हुने यस मेयरकप टी/१० क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्नका लागि ३ वटा टोलि सफल भएका छन।


गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहजिकरण र सहयोगमा सञ्चालित क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका १० सामुदायिक विद्यालय र ४ संस्थागत विद्यालयहरु गरि १४ वटा विधालय को सहभागीता रहेको छ। प्रतियोगिताको सेमिफाइनल पुग्ने ३ टोलिमा महाकवि देवकोटा माध्यमिक विद्यालय गुलरिया, ध्रुव माध्यमिक विद्यालय तुल्सिपुर र शम्भुशरण माध्यमिक विद्यालय खैरापुर प्रवेश गरेका छन।

नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको मकदे माविले नेपाल राष्ट्रिय माध्यमिक प्रयागपुरलाई ४७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मकदे मावीले पहिलो ब्याटिङ गर्दै ८.४ ओभरमा ८७ रनमै अलआउट भएको थियो । दोस्रो इनिङ ब्याटिङ गर्न आएको नेरा मावी ७.५ ओभर मै ४० रनमा अलआउट हुदा मकदे मावी ४७ रनले विजयी भएको थियो । कसिलो बलिङ गर्दै ५ विकेट लिएका मकदे माविका सद्दाम गद्दी म्यानअफ द म्याच घोषित भएका थिए। यसै गरि अर्को खेलमा ध्रुव मावि तुलसीपुरले जनज्योति आवासीय माध्यमिक विद्यालयलाई १० विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको जनज्योतिले ८.५ ओभरमा ८३ रनमा अलआउट भएको थियो । जनज्योतिका लागि अर्पण पौडेल ८ बलमा २३ रन बनाएका थिए भने रजनिश यादव १० बलमा २१ रनको योगदान दिएका थिए। बलिङमा ध्रुव माविका तर्फबाट विजय कुशवधिया र हेमराज भुसालले समान ४/४ विकेट लिएका थिए। ८४ रन लक्ष्य लियर आएको ध्रुव माविले अभिषेक सिंह राठौरको बिष्फोटक ५९ रनको मद्दतले ४.३ ओभरमा लक्ष्य पुरा गर्दै १० विकेटले विजयी भएको छ। यसै गरि आजै भएको अर्को खेलमा नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालय खैरापुरले सनराइज बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको सनराइजले निर्धारण १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो। सनराइजका लागि आयुसले ४४ रनको योगदान दिएका थिए। १ सय १९ रनको लक्ष्य लियर आएको शम्भुशरण माध्यमिक विद्यालयले ७ ओभरमा ३ विकेट १ सय १ रनको बनाउदा पानी परे पछि डि एल एस मेथड अनुसार शम्भुशरण माध्यमिक विद्यालय ७ विकेटले विजयी भएको थियो। २५ रन र २ विकेट लिएका नारायण नेपाली म्यानअफ द म्याच घोषित भएका थिए। अन्तिम क्वाटरफाइनल खेल असार १६ गते बिहान बंगलामुखी माध्यमिक विद्यालय र कोटही माध्यमिक विद्यालय बिच हुने छ।




