• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

टी–२० विश्वकपमा नेपालको खराब शुरूआत, नेदरल्याण्ड्ससँग पराजित

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २३, बुधबार ०८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ ।

    नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको छ । १०७ रनको झिनो चुनौती नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको हारको कारण खराब फिल्डिङ्ग पनि रह्यो । केही क्याच खेलाडीले छाडेका थिए ।

    म्याक्स ओ’डोडले अविजित रहँदै ४८ बलमा ५४ रन बनाएको इनिङस्मा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । सोमपालले एक खेलाडीलाई रन आउट गरेका थिए ।

    यसअघि अमेरिकाको डालास मैदानमा बुधबार बिहान बाह्रौँ खेलाडीका रुपमा १५ हजार नेपाली समर्थकबीच खेलेको नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाउन सक्यो ।

    नेपालका लागि टी–२० विश्वकपको इतिहासकै सबैभन्दा कान्छा २१ वर्षीय कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाएर आउट भए ।

    ५ चौका प्रहार गर्दै सम्हालिएर खेल्दै आएका रोहित गलत प्रहारका कारण पभेलियन फर्किनुपर्यो ।

    उनले व्यक्तिगत २ रन बनाउँदा अम्पायरले आउट दिएको भए पनि रिभ्यु लिएर बचेका थिए ।

    करण केसीले १२ बलमा २ छक्काको मद्धतले १७, गुल्सन झाले १५ बलमा १ छक्काको मद्धतले १४ रन बनाए ।

    त्यस्तै अनिल साह १२ बलमा ११, कुशल मल्ल ९ बलमा ९ कुशल भुर्तेल १० बलमा ७ तथा आसिफ शेख ८ बलमा ४ रन बनाएर आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भए ।

    सन् २०१४ को विश्वकप खेलेका एकमात्र खेलाडी रहेको यो टिमका अनुभवी खेलाडी सोमपाल कामी भने ६ बलमा रनको खाता नै नखोली आउट भए । सागर ढकाल पहिलो बलमै डकआउट भए ।

    नेदरल्याण्ड्सका लागि टिम प्रिंगल र लोगान भान बीकले समान ३–३ तथा पल भान मिकेरेनले र बास डे लिडे २–२ विकेट लिए ।

    समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् ।

    यो हारसँगै अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ७ तथा नेपालले ५ खेल जितेको छ ।

    यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।

    अब नेपालले जेठ ३० गते (जुन १२ तारिख) बिहान ५:१५ बजे श्रीलंकासँग, असार १ गते (जुन १५ तारिख) बिहान ५:१५ बजे दक्षिण अफ्रिकासँग र असार ३ (जुन १७ तारिख) बिहान ५:१५ बजे बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ ।

    Post Views: 235
    प्रकाशित मिति: २०८१ जेष्ठ २३, बुधबार ०८:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.