• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा ओसिएमसी मार्फत १ सय ३५ महिला लाभान्वित

  •  रामप्रसाद चौहान
  • २०८० चैत्र २१, बुधबार ०४:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, चैत २१ गते / बर्दिया अस्पताल द्वारा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले लैङगिक हिंसामा परेका पिडितलाई निःशुल्क सेवा दिदै आएको छ । ओसिएमसीले लैङ्गिक हिंसा पिडितलाई उपचारको साथै उचित व्यवस्थापन गरि लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पु¥याउने उदेश्यले काम गरिरहेको छ ।

    बर्दिया अस्पतालमा चैत १९ गते सोमबार आयोजित ओसिएमसीको दोस्रो चौमासिक समिक्षा बैठकमा आठ महिनामा १ सय ३५ जना लैङ्गिक हिंसा पिडितले निःशुल्क सेवा लिएको तथ्यांक सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४७ जना पिडितले सेवा लिएका थिए । त्यसैगरि दोस्रो चौमासिकमा ८८ जना लैङ्गिक हिंसा पिडितले ओसिएमसीमार्फत निःशुल्क सेवा लिएको रेकर्ड छ । चालु आर्थिक वर्षमा ओसिएमसीमा सेवाग्राहीको संख्यामा वृद्धि भएको देखिन्छ । नेपाल सरकारद्वारा लैङगिक हिंसा पिडितहरुलाई सम्बन्धि सबै कार्यालयहरुको सहयोगमा आवश्यक सबै सेवाहरु पुर्णरुपले निःशुल्क उपलब्ध गराउन ओसिएमसी स्थापना भएको हो ।

    चालु आर्थिक वर्षमा अस्पतालको ओसिएमसीले रु १५ लाख बजेट प्राप्त गरेको थियो । जसमा पहिलो र दोस्रो चौमासिकमा १० लाख ५५ हजार २७ दशमलव ५० खर्च भएको जनाईएको छ । तेस्रो चौमासिकको लागि रु ४ लाख ४४ हजार ९ सय ७२ दशमलव ५० बाँकी रहेको जनाईएको छ ।

    हिंसामा परेर ओसिएमसिमा सेवा लिएका पिडितहरु मध्ये सबै भन्दी बढी गुलरिया नगरपालिकाका रहेको दोस्रो चौमासिक समिक्षाको तथ्यांकले देखाएको छ । बारबर्दियाका ११, गुलरियाका २७, मधुवनका १२, ठाकुरबाबाका ६, राजापुरका ७, बाँसगढी १, गेरुवा गाउँपालिकाका १० र बढैयातालका ७ जनाले सेवा लिएका छन् । त्यसैगरी सुर्खेत र बाँकेका एक÷एक जनाले सेवा लिएको रेकर्ड छ ।

    ओसिएमसीले बहुपक्षीय संयोजनद्वारा सेवा प्रदान गर्दै आएको छ । लैङ्गिक हिंसा प्रभावितलाई बहुपक्षीय संयोजन प्रकृयाद्वारा सुरक्षा, स्वास्थ्योपचार, मानसिक एवंम् मनोसामाजिक परामर्श, कानुनी उपचार, आश्रय र पुनस्र्थापनाको सेवा दिएको छ । ओसिएमसिमार्फत जबरजस्ती करणी, कुटपिट र बालविवाह, यौन दुव्र्यवहारलगायतका पिडितहरुले सेवा लिएका छन् । प्रहरी, एनजिओ, सेवा केन्द्र हेल्थपोष्ट र पिडितहरु आफै ओसिएमसीमा सेवा लिन आउने गरेका छन् । रेप केसमा परेका पिडितहरु ओसिएमसिमा ढिलो आउने हुनाले चेकजाँचमा समस्या पर्ने गरेको जनाईएको छ ।

    पिडितको गोपनियतालाई मध्यनजर गरि ओसिएमसीमा आएका सेवाग्राहीको नाम गोप्य राखिने गरेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताए । लैङ्गिक हिंसा पिडितहरु सुरुमा अस्पताल पुग्ने र आफ्नो बेथा देखाउने र सुनाउने गर्छन् । ‘प्रहरी, वकिल, न्याधिसलगायतका ठाउँमा पटक पटक बेथा सुनाउँदा पिडित व्यक्ति झन् पिडित हुन्छन्’प्रजिअ खरेलले भने,‘यसरी पिडित व्यक्तिको एकै ठाउँबाट सुनुवाई गर्न ओसिएमसीको परिकल्पना गरिएको छ ।’

    ओसिएमसिको दोस्रो चौमासिक समिक्षामा प्रजिअ बेद प्रसाद खरेल, प्रहरी उपरीक्षक प्रबिण धिताल, जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्साल, अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेय, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यलगायतको उपस्थिती रहेको थियो ।

    Post Views: 353
    प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार ०४:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.