• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

औलो भेटिएपछि बाँकेको डुडुवामा विशेष निगरानी, घरधुरी सर्भेक्षण गर्दै गाउँपालिका

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २८, सोमबार ०७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँकेको डुडुवा गाउँपालिकामा औलों रोग पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको छ । गाउँपालिकाको वार्ड नं.४ स्थित शाहपूर्वा र मोल्हुपूर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलों रोग पुष्टी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए ।

    उनका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परिक्षण गर्दा औलो रोग पुष्टी भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं.४ अन्र्तगतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ ।

    तीन जनाका दरले चार वटा समुहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरि घरधुरी सर्भेक्षणसंगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए । स्थानीयलाई ज्वरो लगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परिक्षण गर्न लगाइएको छ ।

    सबै स्वास्थ्य संस्थाहरुमा रगत परिक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ । समुदायमा पुगेका स्वास्थ्यकर्मीहरुले रोगबाट बच्ने उपाय, सावधानी लगायतका विषयमा जानकारी गराउने कार्य गरिरहेका छन । पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

    अध्यक्ष चौधरीले भने, ‘पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै वित्तिकै स्वास्थ्यकर्मी परिचालन गरि व्यवस्थापन गरिरहेका छौ, उक्त रोगविरुद्ध हामी उच्च सर्तकता अपनाएका छौ ।’ बाँकेको नरैनापुर गाउँपालिकामा औलौका सबैभन्दा बढी विरामी भेटिएका छन् ।

    चालु आर्थिक आर्थिक वर्ष २०८०–०८१ को साउदेखि माघसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवामा ५ जना, राप्तीसोनारीमा ५ जना, बैजनाथ गाउँपालिकामा १ जना, नेपालगन्ज उपमहानगरपालिकामा ५ जनामा औलो रोगको विरामी भेटिएको र अरु पालिकामा शुन्य रहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्यरोगका फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

    उनका अनुसार बाँके जिल्ला नै औलोको उच्च जोखिममा रहेको छ । औलोका विरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उनले बताइन् । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको सयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

    Post Views: 292
    प्रकाशित मिति: २०८० फाल्गुन २८, सोमबार ०७:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.