• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिकाको सातौँ स्थापना दिवस कार्यक्रम : उत्कृष्ट कर्मचारी सम्मानित 

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २८, सोमबार ०७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अञ्जना चौधरी, बर्दिया, फागुन २७ गते / कुरबाबा नगरपालिकाको ७ औैँ स्थापना दिवस सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका स्थापना दिवसका अवसरमा नगरपालिकाको महत्व झल्किने नगरपालिकाकै लोगो सार्वजनिक गरिएको छ ।

    ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल र उपप्रमुख बिना कुमारी भट्टराईले लोगो सार्वजनिक गर्नुभएको हो । 


    नगरपालिकाको महत्व झल्किने लोगो निर्माण गर्ने सम्राट विक्रम शाह, विराट विक्रम शाह र राजन श्रेष्ठलाई सम्मान गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो । 


    स्थापना दिवसका अवसरमा गत २४ गते भएको हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट हुने समुहलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ । प्रतियोगितामा प्रथम हुने जनज्योती माध्यमिक विद्यालय बकुवा, द्धितीय सरस्वती आधारभुत विद्यालय नेउलापुर र तृतीय चुरे माध्यमिक विद्यालय बगनाहलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । प्रथम, द्धितीय र तृतीयलाई क्रमश: ९ हजार, ६ हजार र ४ हजार ५०० रकम प्रदान गरिएको छ । 


    ठाकुरबाबा नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा नगपालिका भित्रका शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारी, विभिन्न विद्यालयहरुलाई सम्मान गर्नुका सार्थ सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । 


    शैक्षिक सत्र २०७९ मा कक्षा ८ मा सामुदायिक विद्यालयबाट नगरपालिका भरिमै सबैभन्दा बढी ४ जिपिए प्राप्त गरि नगरपालिका मा नै प्रथम हुन सफल त्रिभुवन नमुना माध्यमिक विद्यालय भुरीगाउँका हार्दिक गड्तोलालाई सम्मान गरिएको छ । 


    यसैगरी कक्षामा ५ मा ३.५९ जिपिए ल्याउने शिवसुन्दर माध्यमिक विद्यालय सुन्दरपुरका रेमन थारु, बसगोडिया र सामुदायिक विद्यालयतर्फबाट नै एसइइमा उत्कृष्ट ३.७५ जिपिए ल्याउने त्रिभुवन नमुना माध्यमिक विद्यालय भुरीगाउँकी स्वस्तीका सापकोटालाई सम्मान गरिएको छ । कक्षा १२ मा ३.५४ जिपिए ल्याउने चुरे माध्यमिक विद्यालय बगनाहकी माया खनाललाई पुरस्कारसहित सम्मान गरिएको हो ।


    यस्तै संस्थागत विद्यालयतर्फ एसइइमा कर्णाली इङ्गिलिस मिडियम बोर्डिङ स्कुलका प्रभात रिजाललाई उत्कृष्ट ३.९० जिपिए ल्याएको भन्दै नगरपालिकाले सम्मान गरेको हो । विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई समेत सम्मान गरिएको छ । 


    यसैगरी दिवसकै अवसर महिला शिक्षक र जनप्रतिनिधिबीच कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ । कुर्सी दौड प्रतियोगितामा प्रथम विष्णु भण्डारी, द्धितीय रिना शाही, तृतीय धनसरा न्यौपाने हुन सफल हुनुभएको छ । नगरपालिकाका कर्मचारीहरु मध्य सर्वोत्कृष्ट कर्मचारीका रुपमा प्रशासन तथा योजना अधिकृत अनन्तराज सुवेदी र उत्कृष्टमा कृपाराम खनाल, मनिकला पाण्डे, सरीता थारु, सर्वराज भारती, ऋषि प्रसाद गड्तोला र घनश्याम रिजाललाई सम्मान गरिएको हो ।


    स्थापना दिवसको अवसरमा गत वर्ष २०७९ सालको नगरस्तरीय परीक्षामा कक्षा ५ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने प्राथमिक विद्यालय कालिगौडी, कक्षा ८ मा सर्वोत्कृष्ठ नतिजा प्राप्त गर्ने जनचाहना आधारभूत विद्यालय डुम्रेनीलाई सम्मान गरिएको छ ।

    त्यसैगरी गत वर्षको एसइइ नतिजाका आधारमा नेपाल राष्ट्रिय मा.वि.ठाकुरद्वारा र कक्षा १२ तर्फ त्रिभुवन नमूना माध्यामिक विद्यालय भुरिगाउँ सम्मानित भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य संघको नयाँ कार्य समितीमा चयन भएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।


    कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विष्टको प्रमुख आतिथ्ययता एवम् ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालको अध्यक्षता तथा उपप्रमुख बिनाकुमारी भट्टराईको बिशेष आतिथ्ययता रहेको थियो ।  ठाकुरबाबा नगरपालिकाकी प्रवक्ता रामरानी थारु, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक/शिक्षिकाहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    Post Views: 306
    प्रकाशित मिति: २०८० फाल्गुन २८, सोमबार ०७:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.