• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैन: गगन थापा

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २७, आईतवार १७:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन्।

    पार्टीहरू मिलेर चुनावमा जाने र कसले कसलाई कतिबेला धोका दिने टुंगो नहुने देखिएकोले अब कसैले गठबन्धन नगर्ने उनको भनाइ थियो।

    ‘हामीले केही दिनअगाडि नेपालको राजनीतिमा अर्को एउटा ठूलो परिवर्तन देख्यौं। यसको अन्तर्यमा के छ भन्ने कुरा खुल्दै जाला,’ गोदावरी नगरपालिकाको स्थापना दिवसका अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री थापाले भने, ‘एउटा कुराचाहिँ मलाई खुसी लागेको छ। चुनावभन्दा अगाडि, पार्टीहरू (नेताहरू) मिलेर चुनावमा जाने परम्परा थियो त्यसले राजनीतिलाई भ्रष्ट, लोकतन्त्रलाई विकृत र भित्रभित्र खोक्रो बनाउँदै लगेको थियो। अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने बारेमा कल्पना नै गर्दैन।’

    कसले कसलाई धोका दिन्छ त्यसको हिसाबकिताब नै नहुने भएकोले चुनावअघि गठबन्धन नहुने उनको भनाइ थियो।

    उनले निर्वाचन प्रणाली बदल्नुपर्ने पनि बताए।

    ‘काम गर्ने बेला हाम्रो ध्यान र ऊर्जा सरकार टिकाउन, बदल्न र खेल खेल्नमा समय गएको छ,’ उनले भने, ‘अहिलेको प्रधानमन्त्रीको कुर्सी हल्लिएको छ। कतिखेर म लड्ने वा धकेल्ने डरले। डराएको प्रधानमन्त्री कसरी काम गर्न सक्छ?’

     

     

    साभार/सेतोपाटी

    Post Views: 245
    प्रकाशित मिति: २०८० फाल्गुन २७, आईतवार १७:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.