मधुवन, फागुन २४ गते / बर्दियाको मधुवनमा फागुन २३ गते साँझ टिप्परको ठक्करबाट एक जनाको मृत्यु भए पछि फागुन २४ गते आज बिहानै देखिको चक्काजाम हाल अहिले सम्म खुल्न सकेको छैन।

मधुवन नगरपालिका बडा नं ५ को ८ नम्वर गाँउमा भे १ ख १४८१ नम्वरको टिप्परले ठक्कर दिदा मधुवन नगरपालिका ५ निवासी अन्दाजी ४९ वर्षिय धर्म थापा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दोषिलाई कार्वाहिको माग गर्दै अहिले गुलरिया राजापुर हुलाकी राजमार्ग बन्द गरेको बन्दकर्ताले बताएका छन।
साइकलमा रहेका थापालाई टिप्परले ठक्कर दिएको थियो ।
परिवार जन र बन्द कर्ता संग मागहरुको वार्ता भईरहेकोले र वार्ता सहमति नजिक रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।




