काठमाडौँ, फागुन २१ गते / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरिरहेको बताएका छन् । सोमबार बिहान सहिद सप्ताहका अवसरमा सुखानी सहिदका परिवारसँगको भेटमा सो कुरा बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ ।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरू विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।
कम्युनिस्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ ।
साभार/रातोपाटी




