• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालगञ्जमा सडकमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १४, सोमबार १३:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगञ्ज उप-महानगरपालिकाले नगरभित्र सडकमा फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा हरेक दिन साँझ अनुगमन गरी सडकमा फोहर फाल्नेलाई तत्कालै कारबाही गर्न थालिएको हो ।

    आइतबार साँझ पहिलो दिन अनुगमन गरी आधा दर्जन व्यावसायिक फर्म, बैङ्क र पसललाई जरिवाना गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

    आइतबार साँझ ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारलाई अनुगमनका क्रममा सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगञ्ज उप–महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही पाँच हजार जरिवाना गरिएको छ ।

    यसैगरी पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत पाँच हजार रुपियाँ जरिवाना गरिएको नगर प्रमुख विष्टले बताउनुभयो। नगर प्रमुख विष्टले भन्नुभयो, “पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि बाध्य भएर जरिवाना गर्न थालेको हौँ ।”

    नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म जरिवाना तोकिएको छ । नगरको सरसफाइमा ध्यान केन्द्रित गरेको उप–महानगरपालिकाले हरेक दिन साँझ नगरमा अनुगमन गरिने जनाएको छ ।

    नगर प्रमुख प विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, होटेल व्यवसायी सङ्घ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

    त्यसक्रममा सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गरिएको हो । नगर सरसफाइका लागि यसअघि नेपालगञ्ज उप–महानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नागरिक तहमा जागरण ल्याउन सचेतनामूलक अभियान समेत चलाएको थियो ।

    Post Views: 248
    प्रकाशित मिति: २०८० फाल्गुन १४, सोमबार १३:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.