• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २८, आईतवार २१:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,माघ २८/फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतमा फाइनलमा ७९ रनले पराजित अष्ट्रेलियाले चौथो पटक यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको हो । अष्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा भएको यू–१९ विश्वकप जितेको थियो ।

    अष्ट्रेलियाले दिएको २५५ रनको लक्ष्य पछ्याएको भारत ४३ ओभर ५ बलमा १७४ रनमा समेटियो । भारतका लागि आदर्श सिंहले सर्वाधिक ४७ रन बनाए । मुरुगन पेरुमल अभिषेक ४२ र मुशिर खानले २२ रन बनाएर आउट भए । बलिङमा अष्ट्रेलियाका महली बर्डम्यान र राफेल म्याकमिलनले ३–३ विकेट लिए ।

    Ban

    फाइनलमा अस्ट्रेलियाले भारतसामु २५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदैमा २५३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५, कप्तान ह्युज वेइबगेनले ४८ रन, ओपनर ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रन बनाएका थिए ।

    बलिङमा भारतका राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिएका थिए । पुनः एक पटक अष्ट्रेलियासँग स्तब्ध हुँदै भारत विश्वकपको उपाधि जित्ने सपना चकनाचुर भएको छ । यसअघि गत मंसिरमा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो । फाइनलमा घरेलु टोलीलाई ६ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

    Post Views: 276
    प्रकाशित मिति: २०८० माघ २८, आईतवार २१:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.