• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनीमा डिआइजीको मस्ती, घर जाने बेलामा कमाउधन्दा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २३, मंगलवार १०:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रहरी प्रधानकार्यालयबाट भर्खरै डिआइजी कुवेर कडायतले लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेका छन् । उनी प्रदेशका सबै कार्यालयमा स्वागत सम्मान खाँदै हिडेका छन् । उनलाई त्यहाँको तस्करीको सञ्जालबारे बुझ्ने फुर्सद छैन । तर, लुम्बिनी प्रदेशमा मज्जाले चलेको तस्करीमा सशस्त्रका डिआइजी अभि खत्रीको मस्ती चलेको छ भने अनुगमन गर्ने एआइजी चन्द्रप्रकाश गौतमको नैतिक सहमतिजस्तो देखिएको छ ।

    एकेडेमी मातातिर्थको प्रमुखबाट ५ नं. बाहिनी जान सफल डिआइजी खत्री घर जाने बेलामा अकूत कमाउन लागेका छन् । प्रहरीमा नामुद घुस्याहा भनेर चिनिएका अवकाश प्राप्त अधिकृत छविलाल बञ्जाडेका आफन्त रहेका उनी ५ महिनापछि अनिवार्य अबकाशमा जाँदै छन् । त्यही भएर पनि लुम्बिनी प्रदेशमा कमाउ धन्दा चलेको बताइन्छ । अवकाशमा जानुअघि कमाण्ड दिनु नियम विपपरित भए पनि मानवस्रोतका एआइजी गौतमले थमौती गरेर राखेका छन् ।

    अहिले पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तुको नाकाबाट तस्करीको धन्दा मौलाएको स्रोत बताउँछ । पश्चिम नवलपरासीका गणपति एसपी धिरेन्द्र न्यौपानेको संरक्षणमा हरपुर, भुजहा, बलिनगरलगायतका नाकाबाट व्यापक तस्करी भइरहेको श्रोतको दाबी छ । ‘अहिले डिआइजी खत्रीलाई मासिक बुझाउनुपर्छ’ एक बिओपी कमान्डरले भने । ‘यसरी बुझाउनु परेपछि तलब दिने कुरा भएन, तस्करी नगराएर के गर्ने त ?’ भन्दै ती जिल्लाका बिओपी तथा गणका कमान्डरले भन्ने गरेको बुझिएको छ ।

    यता, रुपन्देहीका एसपी दिपक थापा र डन्डाका डिएसपी किशोरकुमार श्रेष्ठको पारा पनि उही छ । अबैध सामान पक्रेर भन्सार दाखिला गरेर मात्र हुंदैन डिआइजीलाई पनि बुझाउनुपर्छ भन्दै ती जिल्लाबाट तस्करी धन्दा मौलाएको बताइन्छ । यता मधेश प्रदेशलाई दुःख दिनसम्म दिएका एआइजी चन्द्रप्रकाश गौतमले लुम्बिनी प्रदेशमा भने सामान्य सोधपुछ गर्ने आँटसम्म गरेका छैनन् । सोझालाई पेल्ने र अलि कडा गर्नेलाई केही बोल्न नसक्ने एआइजी गौतम लुम्बिनीमा केही नभए जसरी आँखा चिम्लिएर बसेका छन् ।

    यस्तै तस्करी कपिलवस्तुमा पनि चलिरहेको छ । यता, पोखरा बाहिनीका डिआइजी कालिदास धौबजी र कालिका गणका गणपति धनबहादुर बानियाँलाई अबैध बालुवा चोरीको आरोप लागेको छ । गणको ट्रक पामे लेक लगेर सयौं ट्रक बालुवा कहाँ जान्छ भन्दै पोखराको चर्चित कार्यक्रम गण्डकी छड्केले प्रश्न गरेको थियो । धनबहादुर बानियाँ गुल्मपति हुंदा राशनको पैसा खाएबापत कारबाहीमा परेका ब्यक्ति हुन् । अहिले डिआइजी र एसपी मिलेर अबैध धन्दा चलाएको आरोप छ ।

     

    दृष्टि न्युज/साभार

    Post Views: 691
    प्रकाशित मिति: २०८० माघ २३, मंगलवार १०:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.