• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ११, बिहीबार ०२:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ, माघ ११ गते / लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुईवटा मतदान केन्द्र राखिएको छ । आज बिहीबार हुने चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

    मतदान केन्द्र ‘क’ मा लुम्बिनी प्रदेश सभाका ८७ जना सदस्यले र ‘ख’ केन्द्रमा लुम्बिनीका १२ जिल्लाका १ सय ९ स्थानीय तह नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १८ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

    निर्वाचनमा प्रदेश सभा सदस्यका लागि सेतो रंगको कागजमा हरियो रंगको मसीको विवरणसहित निर्वाचन चिह्नको मतपत्र, नगर तथा गाउँपालिकाको लागि सेतो रंगको कागजमा रातो रंगको मसीको विवरण र निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । अपांगको हकमा लाइन लाग्नुपर्ने छैन । मतदान केन्द्रमा आज बिहीबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

    निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था मिलाइएको छ । कर्मचारीको जिम्मेवारी तोक्ने काम, व्यवस्थापन, निर्वाचन सामग्रीको काम सकिएको र अहिले मतदानस्थल निर्माण भइरहेको उनले बताए ।

    दुईवटा मतदान केन्द्रमा १०/१० जना कर्मचारी खटिनेछन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कर्मचारी सहयोगी गरी १० जना हुनेछन् । मतपत्र, मतदाता नामावली, ब्यालेट बक्स लगायतका सामाग्रीको व्यवस्थापन भैसकेको छ ।

    लुम्बिनी प्रदेशका २ सिटका लागि ६ जनाको उम्मेदवारी परेको छ । महिला र अन्य गरी दुई सिटमा निर्वाचन हुनेछ ।

    सत्ता गठबन्धनबाट माओवादीले अन्यमा रोल्पाका झक्कुप्रसाद सुवेदी र कांग्रेसले महिला क्लस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।

    प्रतिपक्ष दल एमालेले महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्य क्लष्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले महिलातर्फमा कपिलवस्तुकी विजया लक्ष्मीसिंह र अन्यमा रुपन्देहीका निरञ्जन थापा उम्मेदवार छन् । जनमत पार्टीले अन्यमा नवलपरासीका बालगोविन्द चौधरीलाई उम्मेदवार बनाएको छ ।

    कान्तिपुर

    Post Views: 269
    प्रकाशित मिति: २०८० माघ ११, बिहीबार ०२:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.