• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दुरी बढ्दै राष्ट्रपति–सभामुख

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार ०७:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं, माघ ८ गते / राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।

    नागरिकता विवादमा समेत तानिएका कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि गरिएको सिफारिस प्रक्रिया नमिलेकाले रोकिएको राष्ट्रपति कार्यालयको भनाइ छ। तर प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले महासचिवमा पाण्डेलाई नियुक्त गर्न शीतल निवासमा दबाब बढाउँदै लगेका छन्।

    पुरानै सिफारिसका आधारमा महासचिवमा पाण्डेयको नियुक्ति हुन नसक्ने अडानमा राष्ट्रपतिको कार्यालय छ। सभामुख र अध्यक्ष भने त्यही सिफारिसका आधारमा पाण्डेयलाई महासचिव नियुक्त गर्नुपर्ने अडानमा छन्। यसले शीतल निवास र संसद् सचिवालयबीचको सम्बन्धमा थप खटपट आउने देखिएको छ।

    सभामुख देवराज घिमिरेले महासचिव नियुक्तिबारे चासो राख्दै बिहीबार शीतल निवासलाई स्मरणपत्र पठाएका छन्। त्यसअघि राष्ट्रपतिका कानुनी सल्लाहकारसँग सभामुख र राष्ट्रियसभा अध्यक्षले छलफल गरेका थिए।

    छलफलमा सिफारिस प्रक्रिया नमिलेको जनाउँदै पुनः सिफारिस गर्न कानुनी सल्लाहकार बाबुराम कुँवरले आग्रह गरेका थिए। तर उनीहरूले महासचिव नियुक्तिका लागि सिफारिस गरिसकेकाले सोहीअनसार हुनुपर्ने अडान दोहो¥याएका छन्।

    यसले संघीय संसद्को आगामी अधिवेशनसमेत प्रभावित हुने देखिएको छ। मन्त्रिपरिषद्को सिफारिस र संसद् सचिवालयको सहमतिमा संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेका लागि बोलाउने तयारी भएको छ।

    संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले आठ महिना कार्यकाल बाँकी छँदै मंसिर २४ गते राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुपूर्व नै पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।

    फागुन २० गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सांसद पदको कार्यकाल सकिँदैछ। उनी एमालेबाट राष्ट्रियसभा सदस्य निर्वाचत भएका हुन्। नयाँ अध्यक्ष एमालेनिकट नआउने बुझाइमा रहेका तिमिल्सिना र सभामुख देवराज घिमिरेमाथि गौतमलाई राजीनामा गर्न लगाएर पाण्डेयको नाम हतारहतारमा सिफारिस गरेको आरोप छ। राष्ट्रपतिको कार्यालयले पाण्डेयको सिफारिसप्रति तीन विषयमा प्रश्न उठाउँदै आएको छ।

    राष्ट्रपति पौडेलले गौतमको राजीनामा मंसिर २५ गते कार्यालय समयम सुरु भएपछि स्वीकृत गरेका थिए। सोही दिन बिहान सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना शीतल निवास पुगेर पाण्डेयलाई महासचिव बनाउन सिफारिस गरेका थिए।

    राजीनामा स्वीकृतिपूर्व नै अर्को सिफारिस गर्न प्रक्रियासंगत नदेखिएको जनाउँदै शीतल निवास स्रोतले भन्यो, ‘संसद् सचिवालयको महासचिव मुख्यसचिवजस्तो बढुवा हुने पद होइन। एउटै व्यक्तिलाई दुई पदमा नियुक्त गर्न मिलेन। उहाँलाई महासचिवमा नियुक्त गर्ने भए सचिवबाट पहिला राजीनामा गरेर सिफारिस भएर आउनुपर्ने देखिन्छ। त्यस्तो भएको छैन।’

    शीतल निवास नयाँ प्रक्रियाबाट महासचिवका लागि सिफारिस नआएसम्म अहिलेको प्रक्रिया अघि नबढाउने निष्कर्षमा पुगेको जनाउँदै स्रोतले भन्यो, ‘व्यक्ति को आउने वा कसलाई बनाउने भन्नेमा हाम्रो चासो र सरोकार होइन, छैन। प्रक्रिया नमिलेकाले फेरि सिफारिस आउनुपर्छ।’

    नागरिकता विवादमा पाण्डेय

    पाण्डेयमाथि ६ वर्ष उमेर घटाएर नागरिकता लिएको र १० वर्षपछि पुनः पुरानै कायम गरेको आरोप छ। उनको पहिलो नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते छ। तर पछि उनले २०६६ भदौ ८ गते पाल्पाबाटै लिएको अर्को नागरिकतामा जन्म मिति २०३२ पुस २६ गते उल्लेख छ।

    पाण्डेयको उमेरबारे सञ्चार माध्यममा आएका विषयमा पनि राष्ट्रपति कार्यालय जानकार रहेको बताउँदै स्रोतले भन्यो, ‘तर त्यसका कारणले महासचिव नियुक्ति प्रक्रिया रोकिएको होइन। नागरिक न्युज

    Post Views: 226
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार ०७:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.