• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

धनगढी उपमहानगरले ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ६, शनिबार ०९:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी, माघ ६ गते / धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।

    धनगढी उपमहानगरपालिकालेे ‘गो डि्रमर्स’ को साझेदारीमा साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

    कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो डि्रमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना विद्यालयमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको मेयरको निजी सचिवालयले जनाएको छ ।

    शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनोट भएका धनगढी उपमहानगरपालिका-१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय र वड नम्ब १८ को चन्द्रोदय माध्यमिक विद्यालय फुलबारीमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    साझेदारी पत्र आदानप्रदान गर्दै मेयर हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

    ‘विगतदेखि नै धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न अग्रसर भएका सुवाश शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौं,’ हमालले भने, ‘नयाँ प्रतिभालाई उत्पादन गर्ने लक्ष्यका साथ हामीले उहाँसँग साझेदारी गरेका हौं । यो कार्यक्रम नमूना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रुपमा अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्दै जान्छौँ ।’

    गो ड्रिमर्सका अध्यक्ष शाहीले धनगढीबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रासरुट क्रिकेट विकास कार्यक्रम सुरु गरिएको बताए ।

    शाहीले उक्त कार्यक्रमलाई प्रभावकारी हुनेगरि कार्यान्वयनमा लैजाने बताएका छन् । अनलाइनखबर

    Post Views: 260
    प्रकाशित मिति: २०८० माघ ६, शनिबार ०९:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.