बर्दिया,माघ ५ (माउण्टेनसमाचार)/बर्दियामा अलग अलग रहेका दुई वटा यातायात प्रालि एकआपसमा गाभिएका छन् । बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली र बर्दिया कृष्णसार यातायात प्राली बिहीबार एकआपसमा गाभिएका हुन् । दुई वटा यातायात प्राली एक भई नयाँ तदर्थ कार्य समितिसमेत बनाईएको छ । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीमा बर्दिया कृष्णसार यातायात प्रालीलाई समाहित गराईएको छ ।

बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष शम्भु प्रसाद रिजाल र बर्दिया यातायात प्रालीका अध्यक्ष मोहनलाल श्रेष्ठलगायतका पदाधिकारी बिच समझदारी जुट्दा दुई वटा प्राली एकआपसमा गाभिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाको उपस्थितीमा दुई वटा यातायात प्राली एकआपसमा गाभिएका छन् ।
नयाँ तदर्थ कार्य समतिको अध्यक्षमा रबि मल्ल, प्रबन्धक ऐतमाद अलि सैयद, सम्पनी सचिवमा विवेकानन्द पाठक र प्रशासनिक सचिवमा सन्त बहादुर ज्ञवाली रहेका छन् । त्यसैगरि आर्थिक प्रमुखमा प्रकाश टण्डन, दुर्घटना प्रमुखमा अजय धरुक, उच्च स्तरिय समितिमा शम्भु प्रसाद रिजाल, मोहनलाल श्रेष्ठ, भुमि दत्त शर्मा, पिताम्बर श्रेष्ठ र चन्द्र बहादुर बानिया रहेको पत्रकार सम्मेलन गरि सम्भु प्रसाद रिजालले जानकारि दिए ।
यातायात ब्यवसायीले तिरेको कर मात्रै यातायातका पुर्बधारका लागी बाटोनिमार्णको लागि लगाईदिए नेपालका सम्पुर्ण बाटोघाटो राम्रो बन्ने यसरी यातायात ब्यवसायीलाई सहज हुने नेपाल यातायात ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला (सरोज) ले बताए । उनले कसैको दया र माया नभई यातायात ब्यवसायिले तिरेको कर मात्रै यातायात ब्यवसायिको हक हितमा खर्च गरे पुग्ने उनको भनाई थियो ।
फुटेर होइन जुटेर काम गर्दा ब्यवसायीहरुको हक हिततमा काम गर्ने सकिने भएकाले बर्दियामा भएको दुई यातायात प्रा.लि. लाई एक बनाएको बर्दिया कृष्णसार यातायात प्रा.लि. का अध्यक्ष मोहनलाल श्रेष्ठले बताए ।




