• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

माघ र महोत्सव 

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० माघ १, सोमबार १८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रिय प्रकृति !

    हिमालहरुमा छरेर

    खातका खात हिउँ

    पहाडहरुमा जमाएर

    चिसो तुसारो

    र तराईका फाटहरुभरि

    ओढाएर सेतो हुस्सुको खास्टो

    यो चराचर जगतमा तिमी

    आफ्नो छुट्टै रुप

    देखाइरहेकी छ्यौ

    आज खण्डित छ तिम्रो सौन्दर्य

    उदास छन् जून र तारा

    कठ्याङगृएर चिसो सिरेटोमा

    दुखेका छन् जगतका

    प्राणी ,बनस्पति सारा

    प्रकृति !

    हे जगत गुरु!

    तिमी

    गुलाफलाई काढाबीच

    फुल्न सिकाउछ्यौ

    कमललाई हिलोकै बीचमा

    खुल्न सिकाउछ्यौ

    जीवनलाई रुदा रुदै हास्न सिकाउछ्यौ

    हास्दा हास्दै अकस्मात रुन सिकाउछ्यौ

    हृदयका हर वेदनालाई

    आसुका थोपा थोपाले

    धुन सिकाउछ्यौ

    पीडामा होस् या उल्लासमा

    बाच्नु छ जीवनले

    भोलिको अनमोल आनन्द

    आशाको झोलीमा

    साच्नु छ जीवनले

    प्रकृति !

    तिम्रो लीलालाई

    तिम्रो कलालाई

    यो जीवनले अनि जगतले

    सर्वथा पूजा गर्नु छ

    प्रार्थना गर्नुछ

    सुन्दर र नवीन

    युग आह्वानका लागि

    अर्चना गर्नु छ

    त्यसैले

    यो हेमन्तको यौवनमा

    ठण्डीको यो चरम उत्कर्षमा

    वासन्ती यामको प्रतीक्षामा

    सुन्दर र स्वर्णिम

    सूर्यका किरणहरुको प्रतीक्षामा

    जगत उत्सव मनाइरहेछ

    माघ महोत्सव मनाइरहेछ।।

    Post Views: 369
    प्रकाशित मिति: २०८० माघ १, सोमबार १८:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.