काठमाडौं,पौष २०/ आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा नेपाल र दक्षिण अफ्रिका एकै समूहमा परेका छन् । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आधिकारिक रुपमा खेल तालिका र समूह सार्वजनिक गरेको छ ।

नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दोस्रो खेल नेपालले ११ जुनमा श्रीलंकासँग खेल्नेछ । सरुवाती दुई खेल नेपालले अमेरिकामा खेल्नेछ । त्यसपछि बाँकी दुई खेल वेस्टइन्डिजमा गएर खेल्नेछ । नेपालले जुन १४ मा सेन्ट भिनिसेन्ट द गार्डेन्समा दक्षिण अफ्रिकासँग खेल्नेछ । सोही मैदानमा नेपालले जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।
समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह सी मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् । विश्वकप फाइनल २९ जुनमा हुनेछ । विश्वकप १ जुन देखी सुरु हुनेछ ।




