• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया अस्पताल स्वास्थ्य मापदण्डमा लुम्बिनी प्रदेशमा प्रथम

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ३, मंगलवार २०:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष ३/ बर्दिया जिल्ला अस्पताल,सेकेण्डरी ‘ए’ मापदण्ड अन्तर्गत ५० शैयाको अस्पताल ९६ अंक ल्याएर नेपालमा दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ । नेपालमा भक्तपुर अस्पतालले ९७ अंक ल्याएर प्रथम भएको हो । न्यूनतम मापदण्ड र सम्पादनको आधारमा यस वर्ष लुम्बिनी प्रदेशको १३ अस्पताल प्रथम भएको सार्वजनिक गरिएको छ । मंगलबार गुलरियामा आयोजित न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य सेवा विभाग उपचार महाशाखाका प्रमुख डाक्टर नरेन्द्र खनालले सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

    न्यूनतम मापदण्ड सेवा(एमएसएस) मा देशभरका ५० बेड क्षमताको अस्पतालमा बर्दिया दोस्रो भएको मुल्यांकन टिमका प्रमुख समेत रहेका डाक्टर खनालले यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् । स्वास्थ्य सेवा ,सरसफाई,व्यवस्थापन,इमरजेन्सी,बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला लगायत बेरुजु समेत नदेखिएकोले अस्पतालले ९५ अंक ल्याएर उत्कृष्ट र प्रथम भएको हो,’उनले भनिन,‘जनशक्तिको अभावमा पनि अस्पतालले गरेको सेवा प्रभाव निकै सन्तोषजनक छ ।’

    आर्थिक वर्ष ०७७/०७८ को मुल्यांकनको आधारमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा प्रथम भएको हो । दश वर्षदेखि बर्दिया अस्पताल उत्कृष्ट अंक ल्याएर प्रथम र द्वितीय हुँदै आएको छ । सुत्केरी र शल्यक्रियामा यस अस्पतालले वर्षेनी २ हजार बढीको सेवा दिँदै आएको छ । अस्पताल विकास समितिका निर्वतमान अध्यक्ष नारायण गौतमले मुलुकमै न्यूनतम सेवा मापदण्डमा पहिलो हुनु सामान्य कुरा नभएको बताए । यहाका चिकित्सक लगायतका टिम,आम नागरिक लगायतले गरेको सहयोग बाट यो सफलता पाएको हो,’उनले भने‘अस्पतालमा जनशक्तिको अभावका बावजुद स्वास्थ्य सेवामा गरेको सेवा प्रवाह सन्तुष्ट रहेको छ ।’

    ५० शैयाको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभावमा विरामीलाई सेवा दिँदै आएको बर्दिया अस्पतालका मेडिकल सुपरिडेन्टेड डाक्टर सुभाष पाण्डेयले बताए । जनशक्ति अभावबीच न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला,सुत्केरी सेवा,२४ औं घण्टा ईमरजेन्सी र फार्मेसी खुला रहने गरेको मेसु डाक्टर पाण्डेयले जनाए ।

    उपचार सेवा राम्रो भएपछि विगत चार वर्ष यता बर्दिया अस्पतालमा विरामीको चाप बढेको छ । औसत बहिरंग सेवामा दैनिक ३ सय ५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । इमर्जेन्सी सेवामा औसत दैनिक २० देखि २५ जना आउने गरेको अस्पतालले जनाएको छ ।

    अस्पतालमा स्थायी,अस्थायी र करारका गरि १० जना डाक्टरले सेवा दिई राखेकाछन् । ६ वर्ष अघि ५० शैयाको अस्पताल सञ्चालन भएपनि पुरानै दरबन्दीमा काम गर्नुपर्ने बाध्यता रहेको अस्पतालका स्वास्थ्यकर्मीको भनाई छ । जिल्ला अस्पतालमा आइसियुका लागि दक्ष चिकित्सक सहित स्टाप नर्सको आवश्यकता रहेको छ । यो सुविधा पाउन साथ जटिल खालका विरामी अन्यत्र जानु पर्ने बाध्यता नहुने चिकित्सक बताउँछन् ।साभार ईकान्तिपुर

     

    Post Views: 386
    प्रकाशित मिति: २०८० पुष ३, मंगलवार २०:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.