• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दोस्रो स्व.अजय श्रेष्ठ स्मृति क्रिकेटकपको पहिलो खेलमा राजापुर क्रिकेट क्लब विजयी

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १, आईतवार ११:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस १ गते (माउण्टेनमाचार) / जिल्लाका पुर्व क्रिकेट खेलाडी स्वर्गिय अजय श्रेष्ठको सम्झनामा स्मृति कप २०८० सिजन–२ टि/२० क्रिकेट प्रतियोगिता मंसिर ३० गते शनिबार देखि बर्दियाको गुलरिया स्थित कबर्डहलमा सुरु भए को छ।

    मंसिर ३० गते शनिबार उद्घाटन सत्रका प्रमुख अतिथी उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे(मंगल) र गुलरिया नगरपालिका बडा नम्बर ४ का बडा अध्यक्ष सुरेश गौतम ले संयुक्त रुपमा टि२० क्रिकेट प्रतियोगिताको समुद्घाटन गर्नु भएको छ ।

    शनिबार भएको पहिलो खेलमा राजापुर क्रिकेट क्लबले अति प्रतिस्पर्धात्मक भएको खेलमा गुलरियाको पप्पु लेजेन्टलाई ९ र ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको पप्पु लेजेन्टले राजापुर लाई ब्याटिङ मा निम्त्याएको थियो। राजापुरका तर्फबाट ओपनमा आएका समिर आचार्यको आक्रामक ४० बलमा ५४ रनको मद्दतले निर्धारित १५ ओभरको खेलमा ६ विकेट को नोक्सानीमा १ सय ३० रन बनाउन सफल भएको थियो ।

    पप्पु लेजेन्टबाट बलिङ गर्दै रकिन रानामगरले २० रन दिएर ३ विकेट लिन सफल भएका थिए भने सैजादले ८ रन दिएर २ विकेट लिएका थिए।

    १ सय ३१ रनका लक्ष्य लिएर दोस्रो इनिङ्गमा ब्याटिङ गर्न आएको पप्पु लेजेन्ट अन्तिम ओभरहरुमा ठुला सटहरु हान्न नसक्दा निर्धारित १५ ओभरमा १ सय २१ रन मात्र बनाउन सक्यो र ९ रनले पराजित हुन पुग्यो । पप्पु लेजेन्टका तर्फबाट सैजादले ३८ बलमा नटआउट ४२ रन बनाएका थिए भने राजले २९ रन र विजय चौधरीले २२ रन बनाएका थिए। राजापुरको तर्फबाट बलिङमा सुभाष तिमल्सिना र कुसल न्यौपानेले १/१ विकेट लिन सफल भएका थिए। राजापुरको तर्फबाट ५५ रन बनाएका समिर आचार्य म्यान अफ द म्याच घोषित भएका थिए।

    प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ९० हजार ५ सय, द्वितिय हुने टिमलाई नगद रु ४० हजार ५ सय पुरस्कारसहित मेडल, ट्रफी र प्रमाण पत्र दिने आयोजकले जनाएको छ ।

    यस प्रतियोगितामा १२ टिमले सहभागिता जनाएको आयोजक बर्दिया क्रिकेट एकेडेमीका संचालक सिद्धार्थ श्रेष्ठले जनाएका छन् ।

    प्रतियोगिता बर्दिया क्रिकेट एकेडमी आयोजक र  जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा संचालक भईरहेको छ।

    मंसिर २३ गते देखि हुने भनेको प्रतियोगिता विविध कारणले पछि सारिएको आयोजकले जनाएको थियो । छ ।

    Post Views: 358
    प्रकाशित मिति: २०८० पुष १, आईतवार ११:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.