• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगीता सुरु

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १८, सोमबार १९:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर १८ /ठाकुरबाबा नगरपालिका–८, मढेलाको जगदम्बा माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार ठाकुरबाबा नगरस्तरीय छैटौं राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ । हरेक वर्ष संचालन भइरहने नगरस्तरीय राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगीता एक औपचारिक कार्यक्रमका बीच बर्दिया क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य जन्मजय तिमील्सीनाको सहभागितमा उद्घाटन भएसंगै खेलकुद प्रतियोगिता सुरु भएको हो ।

    ठाकुरबाबा नगरपालिका नगर कार्यपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जगदम्बा माध्यमिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख सिता कुमारी भण्डारीले जानकारी दिनुभयो । सुरुवाती चरणमा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि १८ वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास सलामीमा सहभागिता जनाएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहनुभएका बर्दिया क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य तिमिल्सीनाले व्यानर बाचन गरि विद्यालयको खेल मैदानको किनारमा समीको विरुवा रोपण गर्नुभएको थियो ।

    नगरस्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको औपचारिक उद्धघाटन गर्दै लुम्बीनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सीनाले ठाकुरबाबा नगरपालिकाले खेलकुदको विकासका लागि महत्वपुर्ण काम गर्दै आएको र खेलबाट विद्यार्थीहरुले विभिन्न कुराको ज्ञान लिन सक्ने र आफुले पनि यस क्षेत्रमा शिक्षा क्षेत्रको विकासका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    यसैगरि आफुले पढेको तथा आफ्नै गाउँठाउँको विद्यालयलाई खेलकुदको विकाससंगै अन्य विकासका लागि बगनाहाको चुरे माबी मात्र नभई नगरभित्रका विद्यालयलाई सक्दो सहयोग गर्ने जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले आश्वासन दिनुभयो । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि खेलकुदको माध्यमबाट नगरभित्र रहेका विद्यालयलाई सहयोग गर्न र शैक्षिक गुणस्तरलाई माथी उकास्न सहयोग गर्ने बताउनु भएको छ ।

    यसैगरि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले खेलकुदको शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख विना कुमारी भट्राईले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि खेलकुदको माध्यमबाट नगरभित्र रहेका विद्यालयलाई सहयोग गर्न र शैक्षिक गुणस्तरलाई माथी उकास्नका लागि शिक्षामा नगरपालिकाबाट ४५ प्रतिशत बजेट लगानी गरिएको उहाँले शिक्षा संगसंगै खेलकुदको विकास भएको बताउनुभयो ।

    खेलकुद कार्यक्रम शैक्षिक गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि पनि खेलकुद प्रतियोगिता संचालन गरिएको बताउँदै नगरस्तरिय राष्टपति रनिङशिल्ड खेलकुद शिल्ड प्रतियोगीताको शुभकामना व्यक्त गर्नुभयो । खेलकुद कार्यक्रम शैक्षिक गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि पनि खेलकुद प्रतियोगिता संचालन गरिएको बताउँदै नगरस्तरिय राष्ट्रिपति रनिङसिशल्ड प्रतियोगीताको शुभकामना दिँदै ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख विना कुमारी भट्टराइले बताउनुभयो ।

    यस्तै आज हुने भनिएको १५ सय मिटरको दौड प्रतियोगिता र सटफुट पनि मौसमका कारण स्थगित गरिएको ठाकुरबाबा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका शिक्षक बलिराम थारुले बताउनुभयो । विद्यार्थीहरुको मार्चपास सलामी प्रतियोगिताको मुल्यांकन मौसम प्रतिकुलका कारण संभव नभएकाले अन्तिम दिन २३ गते शनिबार सार्वजनिक गरिने जनाइएको छ ।साभार अनलाइनसंवाद

    Post Views: 260
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार १९:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.