• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आश्रम आगलागी भएपछि दृष्टिविहीन भन्छन् : जिउको कपडाबाहेक केही रहेन

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार २०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा,कात्तिक ३०/ पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए ।

    घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । करिब एक लाख रुपैयाँ नगद आधा जलेको अवस्थामा फेला परेको छ । दृष्टिविहीनहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको गोदारले जानकारी दिए ।

    आश्रममा करिब ३० जना बस्ने भए पनि अहिले तिहारमा धेरैजसो घर गएका कारण ९/१० जनामात्रै रहेका थिए ।  महिनाको १५ हजार रुपैयाँ तिरेर भाडामा लिएको घर, घरका सामान र बिक्रीका लागि राखिएका विभिन्न सामग्रीसमेत जलेपछि आफूहरु बिचल्लीमा रहेको आश्रममा बस्दै आएका राजकुमार चौधरीले दुखेसो पोखे । सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग जिउमा लगाएको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको चौधरीले बताए ।

    देशका विभिन्न ठाउँबाट दृष्टिविहीनहरु आएर आश्रममा आश्रय लिने र विभिन्न उद्यमका काम गर्ने आश्रम नै जलेपछि उनीहरुलाई ठूलो चिन्ता परेको छ ।दृष्टिविहीन र अपांगता भएकाहरु समेत सो आश्रममा बसेर अगरबत्ती, कपुर, पेन्सिल, डटपेन, फिनल, शौचालय सफा गर्ने सामग्री, अबिर, केसरी लगायतका सामग्री तयार गरी बजारमा लगेर बेच्ने गरेका थिए । बेच्नका लागि तयार पारिएको सबै सामाग्री जलेर नष्ट भएको छ । साभार अनलाइनखबर

     

    Post Views: 223
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार २०:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.