• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कसको कति ?

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार १५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं, कात्तिक ३० गते / मङ्सिर महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

    मङ्सिरका लागि २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैङ्कले कात्तिककै ब्याजदर यथावत् राखेका छन् । मङ्सिरमा प्राइम कमर्शीयल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर यथावत् रहेको जनाएका छन् । माछापुच्छ्रे बैङ्कले मात्र मङ्सिरमा निक्षेपको ब्याजदर बढाएको छ । अरू सबै बैङ्कले घटाएका छन् ।

    कात्तिकको तुलनामा मङ्सिरमा वाणिज्य बैङ्कले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मङ्सिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ ।

    मङ्सिरमा वाणिज्य बैङ्कहरूबिच निक्षेपको ब्याजदर १.६३५ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले १०.६०३ प्रतिशत र न्यूनतम दिने ८.९६८ प्रतिशत ब्याजदर दिने भएका छन् ।

    अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएको यो लगातार दोस्रो महिना हो । कात्तिकमा पनि २० मध्ये १४ वाणिज्य बैङ्कले ब्याजदर घटाएका थिए ।

    कसको ब्याजदर कति

    मङ्सिरमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एनआइसी एसिया बैङ्कले घटाएको छ । कात्तिकको तुलनामा मङ्सिरमा एनआइसीले २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। कात्तिक महिनामा ११.००३ प्रतिशत रहेको बैङ्कको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ८.९६८ प्रतिशतमा झारेको छ ।

    एनएमबी बैङ्कले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएको छ । कात्तिकमा ११.००३ प्रतिशत रहेको एनएमबीको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ९.७६ प्रतिशतमा झारेको छ ।

    मङ्सिरमा ३ बैङ्कले सबैभन्दा धेरै १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् । हिमालयन, नेपाल एसबीआइ र माछापुच्छ्रेले व्यक्तिगत मुद्दतीमा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका हुन् । त्यस्तै, प्राइम कमर्शीयल, लक्ष्मी सनराइज र कुमारी बैङ्कले १० प्रतिशत बढी ब्याजदर दिने भएका छन् ।

    मङ्सिरमा निक्षेपको सबैभन्दा कम ब्याजदर एनआइसी एसिया बैङ्कको चार्टर्डको रहेको छ । यसले व्यक्तिगत मुद्दतीमा ८.९६८ प्रतिशत ब्याजदर दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड ८.९७ प्रतिशत, सानिमा, प्रभु, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैङ्कले ९ प्रतिशत ब्याजदर दिने भएका छन् ।

    नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास, ग्लोबल आइएमई, एनएमबी, सिटिजन्स र सिद्धार्थ बैङ्कले ९ देखि १० प्रतिशतको बिचमा ब्याज दिने भएका छन् । साभार गोरखापत्र

    Post Views: 281
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार १५:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.