• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महोत्तरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो डाँका आरोपीलाई

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २९, बुधबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    महोत्तरी प्रहरीले भाग्न खोजेका डाँका आरोपीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। रौतहटबाट पक्राउ परेका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए।

    उनका अनुसार महोत्तरीको सोनमा गाउँपालिका—५ स्थित अर्को गाडीमा राख्न खोज्दा दुबै जना भाग्न लागेको र राति १० बजे प्रहरीले गोली प्रहार गरी दुबै जनालाई नियन्त्रणमा लिनुपरेको हो।

    गत कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा शक्ति र अजय लगायतले ७/८ जना मिलेर डकैती गरेका थिए। हातहतियारसहित घरमा प्रवेश गरेर डाँका समूहले भुवनेश्वरका परिवारका सदस्यहरूलाई कुटपिट गरेर घाइते बनाएका थिए। उनीहरूले भुवनेश्वरको घरमा रहेको ४० तोला सुुनको गहना, ४५ तोलाको चाँदीको गहना, आइफोन एकथान र १ लाख ७५ हजार रुपैयाँ लुटेर फररा भएका थिए।

    घटनामा संलग्न अभियुक्तहरू रौटहटको गरुडा क्षेत्रमा रहेको विशेष सुराकबाट प्रहरीले जानकारी पाएको थियो। तल्कालै जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वरप्रसाद यादवकोे कमाण्डमा खटिएको टोली रौतहटको गरुडा नगरपालिका पुगेको थियो। दुबै अभियुक्तलाई वडा नं ४ स्थित पानी ट्याङकीबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

    शक्तिको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसमेत बरामद भएको थियो। शक्ति पाशवान त्यसभेगमा शक्ति कपुरको नामबाट कुख्यात रहेको प्रहरीले बताएको छ।

    दुबै जनालाई नियन्त्रणमा लिई प्रहरी महोत्तरीतर्फ आउदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिन पुगेको बताइएको छ।

    महोत्तरीबाट अर्को गाडी मगाएर डाँका आरोपीलाई हाल्न खोज्दा दुबै जना भाग्न खोजेकोे र नियन्त्रणमा लिन गोली चलाउन परेको डिएसपी गिरीले बताए।

    उनका अनुसार प्रहरीको गोली शक्ति र अजयको बायाँ खुट्टाको तिघ्रामा लागेको थियो। अहिले दुबै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। घटनबारे थप अनुसन्धान र बाँकी अभियुक्तहरूको खोजी कार्य जारी रहेको डिएसपी गिरीले बताए। साभार सेतोपाटी

    Post Views: 242
    प्रकाशित मिति: २०८० कार्तिक २९, बुधबार ०८:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.