• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप क्रिकेट : सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २९, बुधबार ०८:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक २९ गते / एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । चार वर्ष चार महिना पाँच दिन अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्धा गरेका थिए, जसमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।

    भारतका लागि अघिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरका रुपमा यो म्याचलाई हेरिएको छ भने न्युजिल्याण्डका लागि आइसीसी टुर्नामेन्ट अन्तर्गत नकआउट चरणका म्याचमा भारतमाथिको दबदबालाई निरन्तरता दिने अवसरका रुपमा हेरिएको छ ।

    न्युजिल्याण्डसँग भारत सन् २०१९ को विश्वकप सेमिफाइनलमा मात्र होइन, २०२१ मा सम्पन्न आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा पनि पराजित भएको थियो ।

    अघिल्लो विश्वकपमा जस्तै यस पटक पनि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्याण्ड चौथो पोजिसनमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

    सेमिफाइनल म्याचको पूर्वसन्ध्या अर्थात् मंगलबार दुवै टिमका कप्तानले नतिजा आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गर्ने बताए । पत्रकार सम्मेलनमा भारतका कप्तान रोहित शर्माले भने, ‘न्युजिल्याण्ड सबैभन्दा अनुशासित टिम हो, उनीहरु निकै स्मार्ट तरिकाले क्रिकेट खेल्छन् । न्युजिल्याण्डका केही खेलाडीले हाम्रा केही खेलाडीसँगै क्रिकेट खेलेका छन् र उनीहरु हाम्रो मानसिकताबारे जानकार छन् ।’

    आइपीएल जस्ता फोरममा एक साथ खेलेका कारण आफूहरुले पनि न्युजिल्याण्डका केही खेलाडीको मानसिकता बुझ्न पाएको उनको भनाइ थियो । ‘हामीलाई पनि थाहा छ कि उनीहरु कसरी खेल्छन्, उनीहरुको शक्ति र कमजोरी के हो भन्ने हामीलाई पनि थाहा छ,’ उनले भने ।

    यस्तै, न्युजिल्याण्डका कप्तान केन विलियम्सनले दुवै टिमसँग सेमिफाइनल जित्ने बराबर मौका रहेको बताए । उनले भने, ‘हामीले आफ्नो क्षमता अनुसार खेल्यौँ भने जे पनि हुन सक्छ ।’

    उनले घरेलु मैदानमा भारतलाई दर्शकको पूरा समर्थन रहने र त्यो दबाबमा आफूहरुले कसरी खेल्नुपर्छ भन्ने पनि बुझेको प्रस्ट पारे । साभार रातोपाटी

    Post Views: 268
    प्रकाशित मिति: २०८० कार्तिक २९, बुधबार ०८:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.