बर्दिया,कात्तिक २७ (माउण्टेनसमाचार) / गुलरियामा गएराति खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने २३ वर्षिय बरुण घिमिरेको गएराति साढे २ बजे मृत्यु भएको हो । घिमिरेलाई गुलरियाकै १९ वर्षिय सुरेश थापा र २२ वर्षिय सुलभ थापाले खुकुरी प्रहार गरेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए ।

‘गुलरिया नगरपालिका–४ स्थित गएराति गएराति साढे १२ बजे राति घटना घटेको हो’, प्रहरी उपरीक्षक शाहीले भने,‘घाईते घिमिरेलाई नेपालगंज उपचारको लागि जैजादाँ बाटोमा राति साढे २ बजे मृत्यु भयो ।’ खुकुरी प्रहार गर्ने दुवै जना भागेका छन् । मान्छेहरुलाई ल्याएर सोधपुछ गर्ने काम भईरहेको छ । खुकुरी प्रहार गरि भागेका युवकहरुलाई समात्न नजिक नजिक पुगेको प्रहरी उपरीक्षक शाहीले जनाए ।
‘घिमिरेले एक वर्ष अघि सुलभ थापालाई खुकुरी प्रहार गरेको बुझिएको छ,’प्रहरी उपरीक्षक शाहीले भने,‘बाहिर बाहिर मिलापत्र गरेका रहेछन् ।’ अहिले थापाले घिमिरेलाई खुकुरी प्रहार गरे । पुरानो रिरिबीले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।




