• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नाइट क्रिकेट प्रतियोगितामा पप्पु लेजेन्ट र एफ.एस.यु. फाइनलमा प्रवेश गरेका छन

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २५, शनिबार १२:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, कात्तिक २५ गते (माउण्टेनसमाचार) / शहीद यमलाल लामिछाने स्मृति प्रतिष्ठान द्वारा कार्तिक १७ गते देखि आयोजित रात्रिकालिन क्रिकेट प्रतियोगिताको फाइनल खेल पप्पु लेजेन्ट र एफ.एस.यु. बिच हुने भएको छ।

    कार्तिक २४ गते गुलरियाको कबर्डहलमा भएको सेमिफाइनल खेलमा पप्पु लेजेन्ट ले ब्वाइज अफ टिकापुर लाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलो ब्याटिङ गरेको ब्वाइज अफ टिकापुर ले ८.३ बलमा सबै विकेट गुमाएर ३८ रनमा अलआउट भएको थियो । पप्पु लेजेन्टका तर्फबाट बलिङ गर्दै आलोक चौधरीले १ रन दिएर ४ विकेट लिएका थिए भने टिकापुरको तर्फबाट ब्याटिङमा प्रशान्त बिकले मात्र दोहोरो अंक ११ रन जोड्न सफल भएका थिए।

    ३९ रनको लक्ष्य लिएर आएको पप्पु लेजेन्टले रन ५.३ ओभरमा ४ विकेटको क्षति मा ४३ रन बनाएर पप्पु लेजेन्ट विजयी भएको थियो । पप्पु लेजेन्टको तर्फबाट ब्याटिङ गर्दै मनोज यादवले १३ बलमा २७ बनाएका थिए। १ रन दिएर ४ विकेट लिएका आलोक चौधरी म्यान अफ द म्याच घोषित भएका थिए।

    यस्तै अर्को सेमिफाइनल खेलमा एफ.एस.यु. ले बर्दिया क्रिकेट एकेडमीलाई २ रनले पराजित गर्दै एफ.एस.यु. फाइनलमा प्रवेश गरेको छ। एफ.एस.यु.ले पहिलो ब्याटिङ गर्दै १२ ओभरमा ६६ रन मै अलआउट भएको थियो। एफ.एस.यु.का लागि ब्याटिङ गर्दै छविलाल ले २० रन, सुदिप सिंहले १५ रन र निश्चल चन्दले १५ रन बनाएका थिए भने एकेडमीको तर्फबाट सम्यक थापाले ३ विकेट लिएका थिए साथ रजनिश यादव र राजु पासीले समान २ विकेट लिएका थिए। ६७ रन को लक्ष्य लिएर आएको बर्दिया क्रिकेट एकेडमी ११.३ ओभरमा ६४ रन मै अलआउट भएको थियो । एकेडमीका तर्फबाट ब्याटिङ गर्दै सुलभ चौधरीले १९ रन, निर्मल गुरुङ १४ रन र अर्पण पौडेलले १० रन बनाएका थिए। बलिङ तर्फ म्यान अफ द म्याच समेत भएका एफ.एस.यु.का सुदिप लामिछानेले ३ विकेट लिएका थिए।

    प्रतियोगितामा २२ वटा टिमको सहभागीता रहेको र प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैया र दोस्रो हुने टिमले ३० हजार नगद रूपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संचालन समितिका संयोजक लक्ष्मण भण्डारीले जानकारी दिए।

    Post Views: 477
    प्रकाशित मिति: २०८० कार्तिक २५, शनिबार १२:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.