• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतले दियो १६ करोड बराबरको आपत्‌कालीन राहत सामग्री 

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २०, सोमबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक २० गते / भारतले नेपालका भूकम्पपीडितलाई १६ करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । भूकम्पमा नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरूप आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज ल्याइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
    भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्री लिएर आएको हो । उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे । आपत्कालीन राहत सामग्रीमा भूकम्प प्रभावितका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ ।
    अमेरिकाको स्पेसल अपरेसन कमान्ड प्यासिफिकले पनि भूकम्पपछि जाजरकोटका बासिन्दालाई सहयोग पुर्‍याएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले विपद् राहत प्रणालीअन्तर्गत सशस्त्र प्रहरी बलमार्फत सहयोग गरेको जनाएको हो । अमेरिकाले त्रिपाल, खाने सामग्री, खाट, कम्बललगायत सामग्री सहयोग गरेको हो ।
    चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । समकक्षी नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार शोकसन्देश पठाउँदै राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनताका तर्फबाट मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक
    (ट्वीटर) मार्फत जानकारी दिएका छन् । चीनले भूकम्पपीडितलाई १२ करोड रुपैयाँ बराबरका सामग्री दिने भएको छ । उक्त सामग्री केही दिनभित्र नेपाल आउने बताइएको छ । विश्व खाद्य कार्यक्रमले पनि भूकम्पपीडितलाई ५ सय टन खाना सहयोग गरेको छ । साभार कान्तिपुर

    Post Views: 251
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार ०८:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.