
मधुवन, कात्तिक १९ गते(माउण्टेनसमाचार) / बर्दियाको खाता कोरिडोर क्षेत्रमा कार्तिक १९ गते बिहान डमरुसहित पोथी बाघ देखिएको छ ।

डमरुसहित को बाघ बस्ती छेउ मै देखिएको जानकारी आएकोले खाता कोरिडोर क्षेत्र नजिकका बस्तीका स्थानीयहरुलाई सजकता अपनाउन मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले अनुरोध गर्नु भएको छ ।

“बाघ आफ्नो बच्चाहरु संग रहेकोले बच्चाहरू संगै रहेको बेला बाघ झनै आक्रमक हुने गरेकोले सक्दो घर मै रहन जंगल नजान खाता कोरिडोर क्षेत्र नजिक बस्ने स्थानीयहरुलाई अनुरोध गर्दछु” नगरप्रमुख भाटले भने ।
यस क्षेत्रमा बाघको आक्रमणबाट हुने मानविय क्षतिका घटनाहरु बढि नै रहेकोले हाम्रो अनुरोधलाई गम्भीर रुपमा लिई सजगता अपनाउन समेत मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाट बताए ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारी भने
खाता कोरिडोर क्षेत्र बाघ को ओहोरदोहोर गर्ने कोरिडोर मार्ग रहेको र समय संगै बाघको संख्या खाता कोरिडोर क्षेत्रमा नै बढ्दै गएकोले स्थानीयले सक्दो जंगल जादा बढि सजकता अपनाउन आग्रह गरे ।
“सरकारले हुन्छ कि स्थानीय सरकार आफैले के गरि हुन्छ जंगल मै नजाने कसरी वातावरण बनाउन सकिन्छ तिर लाग्न हामी सबै मिली लाग्नुपर्ने” मधुवन नगरपालिका बडा नं ५ का बडा अध्यक्ष दिलीप गुरुङले सुझाब दिए ।
स्थानीयहरुलाई जंगल नजान र ओहोरदोहोर गर्न नदिन जति सुकै फेन्सिङ तारबार गरे पनि कंक्रिट बाल नै लगाए पनि जबसम्म स्थानीय जंगल जान छोड्दैनन जंगल नजाने वातावरण बनाउन सकिँदैन तब सम्म बाघबाट हुन सक्ने मानवीय क्षति को सम्भावना जिवितै रहने भएकोले सरकार र स्थानीय सरकारलाई मानिस जंगल नजाने किसिमको दिर्घकालिन योजना लिएर अगाडि बढ्नु पर्ने समेत बडा अध्यक्ष गुरुङले भने ।
गुरुङ बडा अध्यक्ष भएको बडा मै कार्तिक १७ गते एक महिलाको बाघ को आक्रमणैबाट ज्यान समेत गएको थियो ।
खाता कोरिडोर क्षेत्र अन्तर्गत मधुवन नगरपालिका बडा ३ मा डमरुहरुसहित को बाघ हिजो कार्तिक १८ गते राति र आज पनि नया स्थानमा बस्ती देखि केहि भित्र मात्र बाघ र डमरुका खुट्टाका छापहरु भेटिएकाले खाता कोरिडोर क्षेत्र नजिक बस्ने स्थानीयहरुलाई सजग रहन खाता कोरिडोर समन्वय समितिका अध्यक्ष हरि गुरुङ ले अनुरोध गरे ।




