• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा थप २ जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारा, कात्तिक १३ / बारामा प्रिन्सिपलको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार साँझै प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो।

    केहीबेर अघि थप दुई पुरूषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।पक्राउ परेका दुई पुरूष र महिलाले अपराध स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ। अहिले अनुसन्धान भइरहकाले आरोपितको परिचय खुलाउन नमिल्ने उनले बताए। प्रहरी स्रोतका अनुसार यी तीन जनाबाहेक घटनामा संलग्न थप दुई जना ‘ट्रेस’ भइसकेका छन्।

    ‘घटनाका मुख्य योजनाकार पक्राउ परिसके। अरू दुई जनालाई पनि हामीले नियन्त्रणमा लिन लागेका छौं। प्रारम्भिक रूपमा हेर्दा व्यक्तिगत रिसिइबी र सम्बन्धका कारणले हत्या भएको देखिन्छ। विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने। दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि सोमबार दिउँसो गोली प्रहार गरेका थिए।

    प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका हुन्। कलैया उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार त्यो समूह भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको थियो। चारै जनाले हेलमेट लगाएर अनुहार ढाकेका थिए। ‘प्रिन्सिपल आज पनि खाजा लिएर स्कुल फर्किँदै हुनुहुन्थ्यो। दुइटा मोटरसाइकलमा आएकाहरूले उहाँमाथि गोली हानेछन्,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वडाध्यक्ष लोहारले भने, ‘मोटरसाइकलको पछाडि रहेका एक जनाले केही राउन्ड गोली चलाएका थिए।’

    गोली हान्ने व्यक्तिहरू घटनास्थलबाट केहीबेरमै भागेका थिए। घटनास्थलमा गोलीका चार खोका भेटिएको छ। घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा स्वर्णकारको सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको थियो। प्रिन्सिपल स्वर्णकार स्कुलअगाडि घर बनाएर बसोबास गर्दै आएका थिए। उनको श्रीमती र दुई छोरा छन्।

    रूपेश स्वर्णकारले दाजु सुमोधकुमार सर्राफसँग मिलेर २०६८ सालदेखि स्कुल चलाउँदै आएका थिए। सर्राफले भने  स्वर्णकारमाथि कतैबाट धाकधम्की नआएको बताएका छन्।  ‘कसैसँग रिसिइबी थिएन। धम्की पनि कसैले दिएको थिएन, आज एक्कासि यस्तो घटना भयो,’ सर्राफले भने।  घटना हुनु केही समय अघि पनि स्वर्णकार र सर्राफबीच फोनमा कुरा भएको थियो। सर्राफ स्कुलको गाडी नवीकरण गर्न वीरगञ्ज गएका थिए। ‘गाडी नवीकरणका लागि फारम भर्दै थिएँ, भाइ (स्वर्णकार) लाई गोली लागेको खबर आयो,’ उनले भने, ‘एकछिनअघि ऊसँग कुरा गरेको थिएँ।’ घटना थाहा पाएपछि आफू बयोधा अस्पताल पुगेको उनले बताए। स्वर्णकारको शव बयोधा अस्पतालमा छ। पोस्टमर्टमका लागि कलैया प्रादेशिक अस्पताल लैजाने तयारी छ।साभार सेतोपाटी

    Post Views: 240
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार २१:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.