• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ओमानले ३२ रनले हरायो मलेसियालाई, नेट रन रेटमा नेपाल अगाडि

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार १७:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टी—२० विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न तेस्रो खेलमा ओमानले मलेसियालाई ३२ रनले हराएको छ । समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले टस जिती पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २१ रनमात्र बनाउन सक्यो । ओमानको जितमा ब्याटिङतर्फ कप्तान जिसन मक्सुदले अविजित ५६ रनको योगदान गरे । उनले ४६ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काए । ओपनर कस्यप प्रजापतीले २५ रनको योगदान गरे ।

    तल्लोक्रमका ब्याट्सम्यान मोहम्मद नदिमले अविजित २१ रन बनाए । मलेसियाका बलर विरेनदिप सिंहले तीन विकेट लिए । जावफी ब्याटिङ गरेको मलेसियाका लागि विरेनदिप सिंहले अविजित ५७ रन बनाए पनि टोलीको जितका लागि त्यो अपर्याप्त भयो ।

    पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विरेनदिपले ५३ बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । मलेसियाका अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । ओमानका बलर बिलाल खान र जिसन मक्सुदले दुई—दुई विकेट लिए । यसअघि कीर्तिपुर मैदानमै खेलिएको समूह ‘ए’ को पहिलो खेलमा आयोजक नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । तालिकामा दुई अंकसहित नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा ओमानभन्दा नेपाल अगाडि छ । साभार रातोपाटी

    Post Views: 266
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार १७:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.