• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सिंगापुरबाट नेपालले पायो १ सय ४६ रनको लक्ष्य

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार १०:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक १३ गते / सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरबाट जितका लागि एक सय एक सय ४६ रनको लक्ष्य पाएको छ ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए ।

    पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे । आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे । नवौँ विकेटका रूपमा पेभेलियन पर्किनुअघि उनले २६ बलमा पाँच चौका पनि हिर्काएका थिए । उनलाई अविनाष बोहराले करण केसीद्वारा क्याच गराएका थिए ।

    नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए । गुल्सनले चार ओभरमा २१ रन खर्चिए ।

    सिंगापुरको पहिलो विकेट नेपाल बलर करण केसीले लिएका थिए । उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका थिए । सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

    सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले सिंगापुरका तेस्रो नम्बरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । सुरेन्द्रन आउट हुँदा सिंगापुरले ६.५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ ।

    यसैगरी सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका थिए् । गुल्सनले क्रिजमा जमिसकेका सिंगापुरका ओपनर ब्याट्सम्यान रोहन रंगराजनलाई ४६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । गुल्सनले रोहनलाई सन्दीप जोरामार्फत क्याच गराएका हुन् ।

    प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका रोहनले ३० बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रोहन आउट हुँदा सिंगापुरको टोलीले ७.१ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको थियो ।

    सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका थिए । गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका थिए । कौलको क्यान पनि गुल्सन आफैले लिएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको थियो ।

    यसैगरी सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट थियो । जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको थियो ।

    सिंगापुरको छैठौँ विकेट करण केसीले लिएका थिए । उनले सिंगापुरका ब्याट्सम्यान मनप्रित सिंहलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । मनप्रितले पेभेलियन फर्किनुअघि २६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । करणले लिएको यो दोस्रो विकेट थियो । मनप्रित आउट हुँदा सिंगापुरले १६.३ ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

    सिंगापुरको सातौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले सिंगापुरका ब्याट्सम्यान थिलिपन ओमाइदुराईलाई एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले उनलाई सन्दीप जोरामार्फत क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.२ ओभरमा एक सय २४ रन बनाएको थियो ।

    त्यसलगत्तै सिंगापुरकोअ आठौँ विकेट पनि अविनाष बोहराले नै लिएका थिए । उनले सिंगापुरका अनन्थ कृष्णलाई शून्य रनमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.४ ओभरमा एक सय २४ रन बनाएको थियो । साभार रातोपाटी

    Post Views: 306
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार १०:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.