• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अन्नबाट भगवान् रामजानकीको मूर्ति बनाउने तयारी

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १२, आईतवार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनुषा, कात्तिक १२ गते / मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ ।

    विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले बताए । अध्यक्ष साहले ७० क्विन्टल अन्न अनाजबाट मूर्ति निर्माण हुने बताए ।

    भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार आठ सय स्क्वायर फिटको अन्नबाट मूर्ति बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटमा सो मूर्ति बनाएर विश्व रेकर्ड बनाई विवाह पञ्चमीलाई अन्तर्राष्ट्रिय करण गरिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

    जनकपुरधाम वडा नं ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतीय आजतक च्यानलमा सो मूर्ति विश्वकीर्तिमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठूला मूर्ति बनाउनुपर्ने प्रस्तावमा भारतीय कलाकार तथा विज्ञ सतिष घुरजरसहितको टोली जनकपुरधाम आएर छलफल गरेको छ ।

     

    पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष साहले बताए । मूर्ति बनाउनका लागि भारतको मध्यप्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि रु ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

    Post Views: 247
    प्रकाशित मिति: २०८० कार्तिक १२, आईतवार ०६:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.